Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

काठमाडाैं – फेसबुकका पूर्व चीफ सेक्युरिटी अफिसर एलेक्स स्टेमसले मार्क जुकरबर्गलाई फेसबुकमाथि आफ्नाे अधिकार कम गर्न सुझाव दिएका छन् । यसका लागि नयाँ सीईओकाे नियुक्ति गर्नु आवश्यक रहेकाे उनकाे भनाइ छ ।

स्टेमसले फेसबुकमा सीईओ पदका लागि माइक्राेसफ्टका प्रेसिडेन्ट ब्रेड स्मिथ उपयुक्त व्यक्ति भएकाे धारणा राखेका छन् ।

स्मिथ १९९३ बाट माइक्राेसफ्टमा काम गरिरहेका छन् । २००२ मा उनी कम्पनीका प्रमुख कानुनी सल्लाहाकार बने । भनिन्छ कि क्याम्ब्रिज एनालिटिका विवादकाे क्रममा जुकरबर्गले स्मिथसँग सल्लाह लिएका थिए ।

फेसबुकलाई अझ स्ट्रङ बनाउन आन्तरिक क्रान्तिकाे जरुरत रहेकाे स्टेमस बताउँछन् । यसकाे जिम्मेवारी जुकरबर्ग लिन आवश्यक रहेकाे बताएका छन् । स्टेमसका अनुसार जुकरबर्गले चिफ प्राडक्ट अफिसरकाे जिम्मेवारी पनि सम्हालीरहेका छन् । क्रिस्टाेफर कक्सकाे राजीनामा पछि याे पद खाली भएकाे थियाे । ​

समाजमा फेसबुककाे धेरै प्रभाव भएका कारण कम्पनीमाथि विभिन्न सवाल उठिरहेका छन् । केही पहिला फेसबुकका काे-फाउन्डर क्रिस ह्युजले फेसबुकलाई फुटाएर अलग–अलग कम्पनी बनाउन आवश्यक रहेकाे बताएका थिए ।

तपाईको प्रतिक्रिया