काठमाडौँ – सामाजिक सञ्जाल कम्पनी फेसबुकले अब लाइभ स्ट्रिमिङमाथि कडाई गर्ने भएको छ ।
गत मार्च महिनामा ५० जनाभन्दा धेरैको ज्यान जानेगरी न्यूजिल्याण्डको क्रिष्टचर्च शहरमा रहेका मस्जिदमा भएको गोलीकाण्डमा बन्दुकधारीले फेसबुकमार्फत् प्रत्यक्ष प्रसारण गरेपछि फेसबुकमाथि लाइभ स्ट्रिमिङमा कडाइ गर्न फेसबुकमाथि दबाब रहेको थियो ।
फेसबुकले यसका लागि लाइभ स्ट्रिमिङमा ‘वमा स्ट्राइक’ नीति अघि सार्ने जनाएको छ ।
यसले फेसबुकको नियम उल्लङ्घन गर्नेलाई निश्चित समयसम्म ब्यान गर्न सक्ने जनाएको छ ।
फेसबुकले आफ्नो साइटमा राखिने खतरनाक सामग्रीको पहिचान र त्यसलाई बन्द गर्न कृत्रिम बौद्धिकता एआईको प्रयोग गर्नेछ ।
यसअघि फेसबुकले अघिल्लो महिना विश्वभरका दक्षिणपन्थी समूह तथा मानिसहरुको प्रोफाइल बन्द गरिदिएको थियो ।