Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

काठमाडाैं – अमेरिकाले विश्वकै सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको निर्माण गर्ने घोषणा गरेको छ । मंगलबार अमेरिकाको उर्जा विभागले सन् २०२१ सम्ममा आफूले विश्वकै सबैभन्दा शक्तिशाली र छिटो चल्ने कम्पयुटर निर्माण गर्ने घोषणा गरेको हो ।

उक्त कम्प्युटर आजसम्म बनेका कम्प्युटरभन्दा १२ गुणाले छिटो चल्ने जनाइएको छ । एडिएम हाइ-पर्फमेन्समा केन्द्रित भएर फ्रन्टिएर प्रणालीमार्फत कम्प्युटरको निर्माण गरिनेछ । यसमा सिपियु र जिपियु प्रविधि जडान गरिनेछ । जसलेगर्दा १.५ एक्जाफ्लोपमा कम्प्युटर चल्नेछ ।

हाल समिट भनिने आइबिएम सुपर कम्प्युटर विश्वमा सबैभन्दा छिटो चल्ने कम्प्युटर हो । जसलाई चीनले निर्माण गरेको छ । यस कम्प्युटर १२२.३ पेटाफ्लोपदेखि २ सय पेटाफ्लोपको गतिमा चल्छ । अमेरिकाले बनाउने घोषणा गरेको कम्प्युटर चीनकोभन्दा झन्डै ५ गुणाले छिटो चल्नेछ । (एक एक्जाफ्लोप बराबर हजार पेटाफ्लोप हुन्छ ।) –सिन्ह्वा

तपाईको प्रतिक्रिया