Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – विश्व बैंक समूह अन्तर्गतको संस्था इन्टरनेसनल फाइनान्स कर्पोरेशन (आइएफसी)ले नेपालमा एक अर्ब डलरभन्दा बढी लगानी गर्न इच्छा देखाएको छ ।

लगानी सम्मेलनको अवसरमा कर्पोरेशनका उपाध्यक्ष ह्यान्स पिटर ल्याकेजले आगामी चार वर्षका लागि उक्त बराबरको लगानी नेपालमा गर्ने योजना रहेको जानकारी दिनुभयाे । लगानी सम्मेलनमा सम्बोधन गर्दै उहाँले निजी क्षेत्रसँगको सहकार्यमा उक्त लगानी भित्र्याउन लागेको जानकारी दिनुभएकाे हाे ।

उहाँका अनुसार आईएफसीले बजार सिर्जना गर्नका लागि सहयोगीको भुमिका निर्वाह गर्ने छ । लगानी सम्मेलनकाे दाेस्राे दिन आज चलिरहेकाे छ । यसअघि भारतकाे मुथुट ग्रुपले नेपालमा ४० कराेड लगानी गर्ने घाेषणा गरेकाे थियाे ।

तपाईको प्रतिक्रिया