Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – मुलुकको ढुकुटीमा जम्मा नौ महिनालाई वस्तु आयात गर्न पुग्ने सञ्चिति रहेको छ । त्यस्तै, मुलुकको ढुकुटीमा भएको सञ्चितिलेआठ महिनाको वस्तु तथा सेवा खरिद गर्न पुग्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कुल विदेशी विनिमय सञ्चिति माघ मसान्तमा १० खर्ब ७८ अर्ब ३६ करोड रहेको छ । गत असार मसान्तमा मौज्दात ११ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति माघ मसान्तमा ९ अर्ब ४९ करोड रहेको छ । गत असार मसान्तमा १० अर्ब ८ करोड रहेको थियो । मुलुकसँग जति धेरै सञ्चिति भयो त्यति नै फाइदा हुन्छ । डलरमा भएको मौज्दातले विदेशी वस्तु खरिद गर्दा डलर बढ्ने र घट्ने दुवै बेला प्रत्यक्ष असर पर्छ । यस्तो अवस्थामा नेपाललाई सबैभन्दा ठूलो घाटा रेमिट्यान्समा पर्छ । राष्ट्र बैंकका अनुसार मुलुकको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ डलरको भाउमा गिरावट आएपछि विदेशमा काम गर्न जाने नेपालीले पठाउने रेमिट्यान्स घट्छ भने निर्यात गर्ने व्यापारीको आम्दानीसमेत घट्छ ।

वस्तु तथा सेवा बिक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आय पनि घट्छ । नेपाल आयातमुखी मुलुक भएकाले ठूलो परिणामा वस्तु तथा सेवा आयात हुन्छ । सो आयातको डलरमा भुक्तानी गर्नुपर्छ । त्यसैले भुक्तानी गर्दा सस्तो पर्ने भएकाले आयातीत सामान तथा सेवा सस्तो पर्छ ।
डलरको भाउ घटेको बेला वैदेशिक ऋण ल्याएर लगानी गर्दा फाइदा हुन्छ । अहिले डलर ओरालो लागेको बेलामा ऋण लिँदा भविश्यमा तिर्नुपर्ने दायित्व अहिलेकै मूल्यबराबरमा तिर्नुपर्ने हुन्छ । उनीहरूको लागतमा कमी हुनेछ ।

डलर घट्दा सरकारलाई विदेशी ऋण र सावाँ भुक्तानीमा सहज हुन्छ । सरकारले डलरमा ऊर्जा खरिद गरेको जलविद्युत् आयोजनालाई समेत कम पैसा तिर्नुपर्ने हुन्छ । डलर घटेपछि नेपाली बजारमा व्यापार घाटादेखि दैनिक उपभोग्य वस्तु सस्तिन्छन् । विदेशबाट आउने दाल, चामल, तेल, लत्ताकपडालगायतका दैनिक उपभोग्य वस्तु सस्तो पर्छ ।
त्यस्तै, भारत तथा तेस्रो मुलुकबाट आयात गरिने मोबाइल फोन, मोटर, इलेक्ट्रोनिक्सका सामान, गाडीका पार्टपुर्जालगायत सामान सस्तिन्छन् । डलरको भाउ बढ्दा यी सबै महँगिन्छन् । मुलुक सधैं वैदेशिक व्यापारमा घाटामा गएको छ । प्रशस्त मौज्दात नहुँदा वैदेशिक व्यापारमा सधंै अर्बांैले घाटा खानुपरेको छ ।

मुलुकको ढुकुटीमा भएको कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति माघ मसान्तमा ९ खर्ब ३७ अर्ब ३५ करोड रहेको छ । गत असार मसान्तमा ९ खर्ब ८९ अर्ब ४० करोड थियो । त्यस्तै, बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति माघ मसान्तमा १ खर्ब ४१ अर्ब पुगेको छ ।
गत असार मसान्तमा १ खर्ब १३ अर्ब १९ करोड रुपैयाँ रहेको थियो । माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ । राष्ट्र बैंकको पछिल्लो विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ३५ दशमलव ९ प्रतिशत, ६६ दशमलव ९ प्रतिशत र ३२ दशमलव ४ प्रतिशत रहेको छ । गत असार मसान्तमा यी अनुपात क्रमशः ३६ दशमलव ७ प्रतिशत, ७८ दशमलव ६ प्रतिशत र ३५ दशमलव ६ प्रतिशत रहेको थियो

तपाईको प्रतिक्रिया