Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

बलेवा – उपचारको क्रममा निधन हुनुभएका बागलुङको गलकोट नगरपालिका-३ बोहोराफाँटका सबिन बोहोरा क्षेत्रीको परिबारलाई राहतस्वरुप आर्थिक सहयोग गरिएको छ ।

गलकोट समाज जापान र बोहोराफाँट समाज जापानले संकलन गरेको रकममध्ये १५ लाख ६० हजार ५ सय २३ तथा क्यानडा र न्युजिल्याडबाट ३८ हजारसहित १५ लाख ९८ हजार ५ सय २३ रुपैयाँ स्व. बोहोरोकी श्रीमती मिना थापा र बुबा बलबहादुर बोहोरालाई शनिबार वडाध्यक्ष वीरजंग भण्डारीमार्फत हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण गरिएको रकम गलकोट बहुउदेश्यीय सहकारी संस्था लिमिटेड हटियामा संयुक्त खाता सञ्चालन गरी उक्त रकमको ब्याजबाट स्व. बोहोराकी छोरीको लालपालन तथा शिक्षामा खर्च गरिने गलकोट समाज जापानले जनाएको छ ।

उत्त रकम स्व. बोहोराकी छोरी २० बर्षको हुने समयसम्म ब्याज मात्र सञ्चालन गर्ने गरीे श्रीमती मिना र बुबा बलबहादुरको संयुक्त खातामा राखिएको हो । रोजगारीको शिलशिलामा जापान गएका बोहोराको उपचारका क्रममा गत फागुन २३ गते निधन भएको थियो ।

तपाईको प्रतिक्रिया