Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडौं – सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राममा समस्या आएको छ ।

बुधबारदेखि नै सामाजिक सञ्जालहरू फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राममा समस्या आएको हो । केही प्रयोगकर्ताका फेसबुक र इन्स्टाग्राम पूर्ण रूपमा बन्द भएका छन् । अन्य केहीका खुले पनि राम्ररी चलेका छैनन् । म्यासेञ्जरको मोबाइल एपले कतै कतै काम गरेको छ तर डेस्कटपमा भने समस्या देखिएको छ।

अमेरिका, बेलायत, ब्राजिल, पेरू, कोलम्बिया, मेक्सिकोलगायतका देशका प्रयोगकर्ताको फेसबुक खुले पनि उनीहरुले स्टाटस वा तस्बिर राख्न पाएका छैनन् भने केहीले खुल्दै नखुल्ने समस्या रहेको विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

फेसबुकले समस्या समाधानका लागि पहल गरिरहेको र केही समयमै समस्या समाधान हुने बताएको छ । नेपालमा पनि फेसबुक खोल्दा ‘इरर’को सन्देश आउंछ र छिट्टै यो समस्या समाधान हुने उल्लेख गरिएको सन्देश पनि आउँछ ।

‘फेसबुकका विभिन्न एपहरूमा कतिपय मानिसले पहुँच पाउन नसकिरहेको बारे हामीलाई जानकारी छ। हामी ती समस्या छिटै समाधान गर्न प्रयास गरिरहेका छौँ,’ – फेसबुकले एक विज्ञप्तिमार्फत जनाएको छ। अन्य सामाजिक सञ्जालहरूमा फैलिएको हल्ला गलत भएको भन्दै डिडिओएस नामक एक किसिमको साइबर हमलाका कारण फेसबुकका सेवामा अवरोध नआएको उसले जनाएको छ।

यो भन्दा पहिले फेसबुकले सन् २००८ मा यस्तो सेवा अवरोध बेहोरेको थियो। त्यतिखेर विश्वभर उसका प्रयोगकर्ता केवल १५ करोड थिए। अहिले त्यो संख्या बढेर मासिक दुई अर्ब तीस करोड प्रयोगकर्ता पुगिसक्यो।***

तपाईको प्रतिक्रिया