Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडाैं – नेपालमा फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द हुने भनेर भएका हल्लाहरू निराधार रहेको संचार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा फेसबुक लगायतका सामाजिक सञ्जालहरु बन्द हुने भनेर आएका सूचनाहरू गलत भएको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जारी गरेको विज्ञप्तिमा फेसबुक तथा टुइटर बन्द हुने भनेर सामाजिक सञ्जालमा गरिएका पोष्टहरु गलत भएको बताएका छन् । विज्ञप्तिमा यसरी भ्रमित पार्ने सूचना सम्प्रेषण गर्ने व्यक्तिमाथि अनुसन्धान सुरु भएको र चाँडै नै कानुनी कारबाहीको दायरामा ल्याइने बताइएको छ ।

तपाईको प्रतिक्रिया