Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडाैं – सोभियत संघले सन् १९५७ मा पहिलोपटक स्याटलाइट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । त्यसको ६ दशकपछि नेपालले आफ्नो पहिलो नानो स्याटलाइट अन्तरिक्षमा पठाउँदैछ ।

जापानमा अध्ययनरत नेपाली वैज्ञानिक आभास मास्के र हरिराम श्रेष्ठले बनाएको ‘नेपाली स्याटलाइट-१’ लाई अमेरिकाको एक निजी अन्तरिक्ष कम्पनीले ४ वैशाखमा प्रक्षेपण गर्दै छ । यसको निर्माण र प्रक्षेपणमा नेपालले झन्डै दुई करोड रुपैयाँ खर्चेको छ । मास्के र श्रेष्ठले जापानकाे क्युटेक विश्वविद्यालयको प्राविधिक सहयोगमा झण्डै डेढ वर्ष लगाएर यो स्याटलाइट तयार पारेका हुन् ।

एक किलो तीन सय ग्राम तौल रहेको स्याटलाइटको लम्बाइ, चौडाइ र उचाइ १०-१० सेन्टिमिटर मात्रै छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का उपकुलपति डा. सुनीलबाबु श्रेष्ठका अनुसार यसलाई बनाउन नेपाल सरकारले एक करोड ८२ लाख रुपैयाँ खर्च गरेको छ । २८ असोज ०७४ मा अर्थमन्त्रीस्तरीय निर्णयबाट नास्टले जापानी विश्वविद्यालयसँग भूउपग्रह निर्माणका लागि सम्झौता गरेको थियो ।

नेपाल, श्रीलंका र भुटानको गरी तीनवटा भूउपग्रहको प्रक्षेपण अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल-ए टिकेले एकैपटक गर्ने भएको छ । सो कम्पनीसँग प्रक्षेपणका लागि सम्झौता भई स्याटलाइटसमेत हस्तान्तरण भइसकेको उपकुलपति श्रेष्ठले बताए । उनका अनुसार सो कम्पनीको सिग्नस रकेटले स्याटलाइट उडाउनेछ । अन्तरिक्षमा पुगेपछि एक महिनाको अवधिसम्म इन्टरनेसनल स्पेस स्टेसनमा स्याटलाइटको पुनः परीक्षण हुनेछ । त्यसपछि मात्रै स्पेस स्टेसनबाट तिनलाई पृथ्वीको कक्षमा छाडिनेछ । र, तिनले तथ्यांक पठाउन सुरु गर्नेछन् ।

नेपालबाटै तथ्यांक संकलन
अन्तरिक्षमा छाडिएको स्याटलाइट पृथ्वीभन्दा करिब चार सय किलोमिटर माथि रहनेछ । त्यसले करिब ९० मिनेटमा एकपटक पृथ्वीलाई परिक्रमा गर्छ । जसअनुसार एक दिनमा नेपालको आकाशमा ५ देखि ८ मिनेटसम्म रहन्छ । यसले पठाएको तथ्यांक नास्टमै बनिरहेको ग्राउन्ड स्टेसनमा बसेर संकलन गरिनेछ । ३० लाख रुपैयाँको लागतमा वैशाख मसान्तभित्र सक्ने गरी ग्राउन्ड स्टेसन निर्माणको तयारी भइरहेको छ । स्टेसन बनाउन मेकानिकल इन्जिनियर रोशन पाण्डे जापानबाटै तालिम लिएर फर्किसकेका छन् ।

थप स्याटलाइट पनि बनाइने
नेपाली स्याटलाइट–१ प्रक्षेपणसँगै नेपालले अन्य देशसँगको सहकार्यमा थप स्याटलाइट निर्माण र परीक्षणसमेत गर्ने भएको छ । ‘यो उपग्रहको नाम नेपाली स्याटलाइट–१ राखिएको छ । हामी यसबाट प्राप्त अनुभवका आधारमा क्रमशः २, ३, ४ र ५ सम्म विस्तारित र थप प्रयोगहरू गर्दै अन्य भूउपग्रहसमेत बनाउँछौँ,’ नास्टका प्रविधि विभाग प्रमुख  डा. रवीन्द्र ढकालले भने । नास्टले अन्य भूउपग्रहहरूको निर्माण र अध्ययनका लागि प्रयोगशालासमेत निर्माण गर्न लागेको उनले बताए । नानो स्याटलाइट निर्माणबाट प्राप्त अनुभव ठूला स्याटलाइट बनाउन प्रयोग गर्न सकिने उनको भनाइ छ ।

भूउपग्रहले यसरी गर्नेछ काम
अन्तरिक्षमा पुगेपछि नानो स्याटलाइटले जलवायु परिवर्तन, दैनिक मौसम र विपद्सम्बन्धी पूर्वजानकारी दिने तस्बिरहरू खिचेर पठाउनेछ । यसबाट प्राप्त तथ्यांक अध्ययनबाट नेपालले थुप्रै्र उपलब्धि लिन सक्ने नास्टका प्रविधि विभागका प्रमुख डा. रवीन्द्र ढकालले बताए । यो स्याटलाइट तीन वर्षसम्म अन्तरिक्षमा रहनेछ । नेपाली वैज्ञानिककै नेतृत्वमा श्रीलंका र भुटानको पनि सानो आकारको स्याटलाइट बनाइएको ढकालले बताए । क्युटेक विश्वविद्यालयकै सहयोगमा तीनै देशका स्याटलाइट बनाइएको हो ।

तपाईको प्रतिक्रिया