आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो –  ‘फुटबल फर फ्रेण्डसिप’ भन्ने नाराका साथ फेब्रुअरी २४ मा हुने तेस्रो हिमालयन गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ ।

हाइजिमा युथ क्लब र गल्कोट स्पोर्ट्स क्लव टोकियोको संयुक्त आयोजनामा जापानको टोकियोमा हुन गईरहेको यो प्रतियोगितामा ३१ टीमले सहभागिता जनाएका छन् ।

नाम दर्ता गरेका सम्पुर्ण टीमका टीम क्याप्टेनको उपस्थितिमा १७ तारिख आईतबार सिनओकोवुमा अबस्थित रोयल गार्डेन रेष्टुरेण्टमा खेलतालिका प्रकासन भएको संयोजक अखिल लामाले जानकारी दिए ।

बिगतका बर्षमा हाईजिमा युथ क्लवले एकल आयोजना गर्दै आईरहेको यो प्रतियोगितामा यसपाली गल्कोट स्पोर्ट्स क्लव टोकियो पनि संयुक्त आयोजकका रुपमा रहने भएको हो ।

प्रतियोगिताको विजेता टोलीले ५ लाख येन नगद पुरस्कारका साथै ट्रफी हात पार्नेछन् भने उपविजेता टोलीका लागि २ लाख येन पुरस्कार तोकिएको छ ।

साथै तेस्रो हुने टिमले पनि नगद १ लाख एन सहित ट्रफी हात पार्ने हुदा यो प्रतियोगितालाई सम्पुर्ण नेपाली समुदायले बिशेष प्राथमिकताका साथ हेरेको गल्कोट स्पोर्ट्स क्लव टोकियो का नविन निउरेले जानकारी दिए।

प्रतियोगिता एक दिनमा नै सम्पन्न गर्नु पर्ने हुदा खेल बिहान ठिक १० बजे बाट सुरु हुने हुदा सम्पुर्ण टीमलाई बिहान ठिक ९ः३० भित्र खेलस्थानमा उपस्थित भईदिन हाईजिमा युथ क्लबका महासचिव मनोज श्रेष्ठले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया