Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – पाहुना आउनेबित्तिकै कोल्ड (सफ्ट) ड्रिंक्सको अफर गर्ने हाम्रो संस्कार बनिसकेको छ ।

विशेषगरी, अझ सहरी क्षेत्रमा कोक, फ्यान्टा, पेप्सी, मिरिन्डा, स्प्राइट, इनर्जी ड्रिंक्सजस्ता पेयपदार्थको सर्भ गर्ने गरिन्छ । पछिल्लो समयमा संस्कृति बनिरहेको कोल्ड ड्रिंक्सले मानवीय स्वास्थ्यमा भने प्रतिकूल असर पारिरहेको हुन्छ भन्ने धेरैलाई थाहा नहोला । अब जानौँ, कोल्ड ड्रिंक्स बढी पिउँदाका असर :

– नियमित कोल्ड ड्रिंक्स पिउँदा हाम्रो शरीरमा चाहिनेभन्दा बढी (अर्थात सामान्यभन्दा १० चम्चा बढी) सुगर आपूर्ति हुन्छ । यसमा हुने फास्फोरिक एसिडका कारण तत्काल गुलियोपनको अनुभव हुँदैन ।
– यद्यपि, यसले तिव्र रुपमा इन्सुलिन उत्पादन गर्छ । फलस्वरुप ब्लडसुगरको मात्रा अत्यधिक हुन्छ  । उक्त सुगर बोसोमा परिणत हुने भएकाले मोटोपनाको समस्या हुने गर्छ ।
– त्यस्तै, नियमित कोल्ड डिंक्स् खाने मानिसमा टाइप टु मधुमेह हुने खतरा उच्च रहन्छ ।
– कोल्ड ड्रिंक्समा चिनीको मात्रा उच्च हुने भएकाले हृदयाघातलगायत मुटुरोगसम्बन्धी विभिन्न रोग लाग्ने सम्भावना हुन्छ ।
– यस्ता पेयपदार्थमा मेटल, सिसा, क्रोमियमजस्ता रसायन हुन सक्ने भएकाले आँखाको रेटिना बिग्रिने र पेट तथा मस्तिष्कसम्बन्धी समस्या आउने हुन सक्छ ।

तपाईको प्रतिक्रिया