Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ०४, २०८१
Thursday, December 19, 2024

काठमाडाैं – इरानको राजधानी तेहराननजिकै एउटा कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्युभएको छ । कराजस्थित फाथ विमानस्थलमा खराब मौसमका बेला अवतरणका क्रममा बोइङ ७०७ विमान धावनमार्गबाट चिप्लिएर नजिकै रहेको आवासीय क्षेत्रमा एउटा भवनमा जोतिन पुगेको थियो ।बीबीसीका अनुसार घटनास्थल तेहरानदेखि ४० किलोमिटर पश्चिममा पर्छ । इरानी सेनाका अनुसार विमानमा रहेका १६ जनामध्ये एक फ्लाइट इन्जिनियरलाई मात्रै जीवित अवस्थामा फेला पारिएको छ । उपचारका लागि उनलाई अस्पताल पुर्‍याइएको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार उक्त कार्गो विमानले किर्गिजस्तानको राजधानी बिश्केकबाट मासु ओसार्दै थियो ।दुर्घटनाग्रस्त कार्गो विमानको सञ्चालकबारे भने थाहा हुन सकेको छैन । इरानको नागरिक उड्डयन निकायका एक प्रवक्ताले विमान किर्गिजस्तानको भएको बताएका छन् । तर किर्गिजस्तानको मानास विमानस्थलले उक्त विमान इरानको पायाम एअरबाट सञ्चालनमा रहेको बताएको छ ।

तपाईको प्रतिक्रिया