Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

पाँचथर – पाँचथरको मिक्लाजुङ गाउँपालिका-२ स्थित सप्तमी बजारमा हावाबाट बिजुली उत्पादन सुरु गरिएको छ ।

दुई वर्षअघि यस क्षेत्रमा परीक्षणका लागि राखिएको वायु ऊर्जाको टावरबाट बिजुली उत्पादन सुरु गरिएको हो । टावरमा जडान गरिएको दुईवटा विन्डर (पंखा) मार्फत अहिले २० किलोवाट बिजुली उत्पादन भइरहेको उपभोक्ता समितिका अध्यक्ष गंगा आङदेम्बेले बताउनुभयो ।

वायु ऊर्जाबाट २० र सौर्य ऊर्जाबाट ५० गरी ७० किलोवाट बिजुली उत्पादन भइरहेको अध्यक्ष आङदेम्बेको भनाई रहेको छ । सौर्य ऊर्जाका लागि १ सय ५२ वटा सोलार प्यानल राखिएको छ । सप्तमी बजारका १ सय १० घरधुरी लाभान्वित हुनेगरी वायु र सौर्य ऊर्जाको समन्वयबाट बिजली निकालिएको मिक्लाजुङ-२ का वडासदस्य सन्तकला मगरले बताउनुभयो ।

तपाईको प्रतिक्रिया