Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडाैं – युरोपेली यूनियन इयूको कुटनीतिक संचारहरु केहि वर्षयता ह्याकरले प्रभावित गरेको अमेरिकी पत्रिका ‘द न्यू योर्क टाइम्स’ले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गरिएका कुराकानी र विश्व व्यापारका बारेमा गरिएको हजारौं सूचानाहरु ह्याकरले प्रभावित गरेको जनाइएको छ । अमेरिकी साइबर सुरक्षा कम्पनी ‘एरिया वान’ले इयूको कटनीतिक संचार ह्याकरको प्रभावमा परेको दाबी गरेको पत्रिकाले जनाएको छ । एरिया वानका एक विशेषज्ञले ह्याकरको प्रकृति हेर्दा चिनियाँ सेनाको गतिविधी जस्तो पाइएको बताएका छन् ।

उनले भने,‘चिनियाँ साइबर पद्धतीलाई एक दशक यता नियाल्दा इयूमा भएको ह्याकमा चीनको संलग्नता भएको प्रस्ट हुन्छ ।’ इयूको सूचना प्रभावित गरेका ह्याकरले जुलाइमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादमिर पुटिनबीच भएको भेटलाई पुटिनका लागि सफल वार्ता भएको बुझेको अधिकारीहरुले बताएका छन् । इयू प्रभावपार्ने ह्याकरहरुले संयुक्त राष्ट्रसंघलाई समेत प्रभाव गर्न खोजेको बताइएको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया