Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – फोर्ब्सको सूचीमा सूचीकृत नेपालका अर्बपति बिनोद चौधरीको लगानी रहेको रुवान्डाको एक होटल लिलामीमा चढेको छ । रुवान्डाको समाचार पत्र द न्यू टाइम्सका अनुसार १ करोड ८० लाख डलर ऋण तिर्न नसकेपछि रुवान्डाको केसिबी बैंकले फाइभ स्टार उबुम्बे होटल लिलामीका लागि प्रक्रिया अघि बढाएको हो ।

उक्त होटलमा नेपालको चौधरी कर्प ग्लोबलसहित स्थानीय व्यापारी रोबर्ट वाफाकुरेरा र मुकवानो ग्रुपको लगानी छ । सो होटल चौधरी समूहबाट राहुल चौधरीले हेर्दै आएका थिए । अर्को सोमबार स्थानीय समय अनुसार बिहान ११ बजे होटलको लिलामी हुने समाचारमा जनाइएको छ । बैंकले लगानीकर्ताको होटल व्यवस्थापन गर्न सक्ने क्षमता र ऋण फिर्ता हुन लाग्ने समयलाई विचार गरेर लिलामी गर्न लागेको हो ।

चौधरी कर्प ग्लोबलले होटलको सम्पत्ति आफ्नो ब्रान्ड द जिन्कको मातहतमा सञ्चालन गर्ने भनिएको सहमति तोडिएपछि लगानीकर्ताबीच विवाद बढेको पत्रिकाले उल्लेख गरेको छ । सो होटलबारे किगालीको जिल्ला वाणिज्य अदालत र दुबईमा आर्विट्रेसन प्रक्रियालगायत धेरै कानुनी विवादहरू भएका छन् । ग्लोबल होटल चेन हिल्टन ग्रुपले व्यवस्थापन लिने चर्चा चलेपछि त्यो विवाद झन् बढेको थियो ।

तपाईको प्रतिक्रिया