Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – मेडिकल भाषामा पायल्सलाई हेमराइड्स भन्ने गरिन्छ । यस्तो समस्या भएमा मलद्वारको भित्री र बाहरी भाग र मलाशयको तल्लो भागका शिराहरू सुन्निने गर्छ ।

विशेषगरी, यो समस्या मानिसको जीवनशैलीसँग जोडिएको हुन्छ । मलद्वारसम्बन्धी प्रायः रोगलाई पायल्सको रूपमा लिने गरिन्छ । तर, मलद्वारका अरू कैयौँ रोग पनि हुन्छन्, जुन पायल्स नभई फिसर पनि हुन सक्छ ।

पायल्स हुनुको मुख्य कारण कब्जियत हो । त्यसैले, यसबाट बच्न भरपुर मात्रामा हरियो रेसादार सागपात र तरकारीको प्रयोग गर्नुपर्छ ।

सिजनअनुसारका फलफूल खानुका साथै प्रशस्त मात्रामा पानी पिउनुपर्छ । यसले दिसा सफ्ट हुन्छ जसले गर्दा कहिल्यै कन्नुपर्ने बाध्यता हुँदैन ।

सफ्ट र मोस्चरयुक्त ट्वाइलेट पेपरको प्रयोग गर्नुपर्छ ।

जहिले पनि खुकुलो अन्डरवेयर लगाउने बानी बसाउनुपर्छ । किनकि, टाइट अन्डरवेयरका कारण पायल्स (डल्लो)मा घर्षण हुन सक्छ, यसले बिरामीलाई अप्ठ्यारो महसुस गराउँछ ।

पायल्सका बिरामीलाई मल त्याग गरेपश्चात् पनि अझै दिसा बाँकी रहेको अनुभव हुन्छ । यस्तो अवस्थामा मानिस जोडले कन्ने गर्छन् । जुन बिरामीका लागि हानिकारक हुन्छ । तर, बिरामीलाई थप दिसा भएको अनुभूति भए पनि वास्तविकतामा त्यस्तो हुँदैन ।

दिसा आओस् वा नआओस् । त्यसैले, कुनै निश्चित समयमा ट्वाइलेट जाने बानी बसाल्नुपर्छ । तर, ट्वाइलेट बसेर मोबाइलमा गेम खेल्ने, गीत सुन्ने, किताब पढ्नेजस्ता बानी गर्नु हुँदैन ।

तपाईको प्रतिक्रिया