Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – ‘एचआईभीको जाँच गराऔँ, आफ्नो अवस्था थाहा पाऔँ’ भन्ने नाराका साथ आज ३१ औँ विश्व एड्स दिवस मनाँंदैछ ।

यो दिवसलाई एचआईभी संक्रमित तथा प्रभावितलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्ने दिनको रुपमा मनाउने गरिन्छ । विश्वले नै सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिएको छ ।

नेपालमा सन् २०१० को तुलनामा २०१७ सम्ममा एचआईभी संक्रमितको संख्या ६१ प्रतिशतले घटेको तथा ६३ प्रतिशतले बच्चामा हुने नयाँ संक्रमणमा कमी आएको राष्टिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

यसैगरी एड्सको कारण ज्यान गुमाउनेको संख्या २३ प्रतिशतले घटेको छ । अहिले १६ हजार ४ सय २८ जना एचआईभी संक्रमितले मात्रै उपचार गराइरहेका केन्द्रका निर्देशक डाक्टर तारा नाथ पोख्रेलले जानकारी दिनुभयो ।

सङ्क्रमण सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी, कामका लागि विदेशिने र जेलका कैदी सङ्क्रमणको उच्च जोखिममा छन् । जनचेतनाको कमी र सुरक्षा अपनाउने साधनको सावधानीपूर्वक प्रयोग नगर्दा यस्तो जोखिम बढेको केन्द्रले जनाएको छ ।

नेपालमा एड्स रोगको निशुल्क औषधि पाइन्छ । तर धेरैले निशुल्क औषधिबारे थाहा नपाउँदा उपचारको पहुँचमा पुग्न सकेका छैनन् ।

तपाईको प्रतिक्रिया