Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

के हो एचआइभी एड्स ?
एचआइभी एड्स यौन संक्रमित एक रोग हो । असुरक्षित तरिकाले यौनसम्पर्क राख्दा मानिस यो भाइरसको सिकार हुने गरेका छन् । तर, यो भाइरस अन्य कारणले पनि मानिसमा प्रवेश गर्छ । निर्मलीकरण नगरिएका सुई, -याल, शरीरका अंग प्रत्यारोपण गर्दा एक मानिसबाट अर्कोमा यो रोग सर्छ । त्यस्तै, संक्रमित गर्भवतीबाट बच्चा जन्माउँदा तथा अन्य माध्यमबाट संक्रमितको रगतसँग सम्पर्कमा रहँदा सर्छ ।

एआइभी नामक भाइरस हाम्रो शरीरमा प्रवेश गरिसकेपछि रोग प्रतिरोधात्मक क्षमतामा असर पार्दछ । एड्स आफैँमा रोग होइन । जब मानिसमा रोगसँग लड्ने क्षमता क्षीण बन्छ, तब व्यक्तिलाई अन्य रोगले सजिलै आक्रमण गर्न सक्छ । यी सबै रोगहरूको सँगालो नै एड्स हो ।

एड्स भएको संक्रमितले सजिलै थाहा नपाउने भएकाले यसबाट उनीहरूमा झन् जटिलता थपिरहेको हुन्छ । हालसम्ममा विश्वमा लगभग तीन करोड ५० लाख मानिसको मृत्यु एड्सकै कारण भइसकेको छ । त्यस्तै, नेपालमा २१ हजार १० जना मानिस एचआइभी संक्रमित भएको आधिकारिक तथ्यांक छ ।

एड्स संक्रमणका कारण
संक्रमित व्यक्तिसँग असुरक्षित यौनसम्पर्क गर्दा ।
लागुपदार्थ प्रयोग गर्नेहरूले जथाभावी रूपमा सिरिन्ज प्रयोगमा ल्याउने गर्दछन् । जसकारण एड्स सर्ने सम्भावना रहन्छ ।
एचआइभी संक्रमित आमाबाट
जन्मेको बच्चामा एड्स हुने सम्भावना प्रबल हुन्छ ।
संक्रमणको सुरुको अवधि अर्थात् झन्डै तीन महिनासम्म पनि रगत जाँच गर्दा एचआइभी नेगेटिभ देखाउँछ । यो सयम रक्तदान गरेमा अरूमा रोग सर्छ ।

तपाईको प्रतिक्रिया