Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – निर्मला पन्तका बुवा यज्ञराजको उपचारका लागि नयाँशक्तिका संयोजक बाबुराम भट्टराईले एक लाख रुपैयाँ हस्तान्तरण गर्नुभएकाे छ । स्व पन्तको हत्यारा पत्ता लगाउन र कार्वाही माग गर्दै अनसन बस्ने क्रममा मानसिक स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि यज्ञराज पन्तलाइ काठमाडौँ ल्याइएको छ ।

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएका पन्तलाई भेट्न भट्टराई पत्नी हिसिला यमी र अन्य कार्यकर्ताहरु सहित पुगेका थिए । त्यस अवसरमा उहाँले अष्ट्रेलियामा रहेका नयाँशक्तिका समर्थकहरुले उठाएर पठाएको एक लाख रुपैयाँ पन्तका परिवारहरुलाई हस्तान्तरण गर्नुभयाे ।

याे पनि :- निर्मलाका बुवा यज्ञराजको स्वास्थ्य अवस्थामा केही सुधार

तपाईको प्रतिक्रिया