काठमाडौँ– बिहान धेरै बेरसम्म खाली पेट बस्दा शरिरमा एसिडको मात्रा बढ्ने गर्दछ । चियामा पनि एसिड हुन्छ । यस्तो अवस्थामा यदि खाली पेटमा चिया पिउनुहुन्छ भने एसिडको मात्रामा बढोत्तरी भई अन्य स्वास्थ्य समस्या देखा पर्न सक्छ ।
सकारण बिहान चिया पिउनुभन्दा पहिले केही खानुपर्छ । हामी तपाईंलाई बिहान खाली पेटमा चिया पिउँदाका असर बारे ।
१. खाली पेटमा चिया पिउँदा शरिरमा प्रोटिन र पौष्टिक पदार्थ सोस्ने क्षमता कम हुन्छ ।
२. खाली पेटमा कालो चिया पिउँदा पेट फुल्छ ।
३. चियाले खाली पेटमा ग्याष्ट्रिक म्यूकोसा बढाउँदछ जसले कम भोक लाग्छ ।
४. चिया एसिडिक हुन्छ त्यसकारण यसलाई खाली पेटमा पिउँदा एसिडिटी बढ्दछ ।
५. चियामा टोनिक हुन्छ । त्यसकारण खाली पेटमा चिया पिउँदा बान्ता आउला जस्तो भान हुन्छ ।
६. एक दिनमा ४÷५ कप चिया पिउँदा पुरुषलाई प्रोस्टेट क्यान्सरको सम्भावना बढ्छ ।
७. खाली पेटमा दुध हालेको चिया पिउँदा थकान महसुस हुन्छ र इरिटेसन बढ्छ ।
८. धेरै कडा चिया पिउनेहरुमा अल्सर हुने खतरा बढि हुन्छ ।
९. अदुवा हालेको चिया खाली पेटमा पिउँदा ग्याँसको समस्या हुनसक्छ ।
१०. चियामा क्याफिन, एल–र्थासनन र थियोफाइलिन हुन्छ । यो खाली पेट पिउँदा अपचको सम्भावना हुन्छ ।