Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – मानव स्वास्थ्यका लागि लसुन एकदमै लाभदायी मानिन्छ । सदियौँदेखि हामीले भान्सामा लसुनको प्रयोग गर्दै आएका छौँ । गुणकारी लसुन स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।

-लसुनको मुना एकाबिहानै खाँदा अनेकोँ रोगबाट बच्न सकिन्छ । लसुनमा एक प्रकारको एन्टिबायोटिक शक्ति हुन्छ, जसले पेटमा रहेका हानिकारक ब्याक्टेरियालाई मारिदिन्छ । लसुनमा भिटामिन र मिनरल्सयुक्त पोषक पदार्थ भरपूर मात्रामा हुन्छ । यसमा खासगरी भिटामिन बी–१, ६, सी, क्याल्सियम र कपर पाइन्छ । दैनिक लसुन सेवन गर्दा दिनभरका लागि शरीर सुरक्षित राख्नुका साथै शक्तिसमेत दिन्छ ।

-आयुर्वेदमा लसुनलाई जवान रहने औषधि मानिन्छ । पायल्स, कब्जियत, कानको दुखाइ, उच्च रक्तचाप, अरुचिजस्ता केही रोगका लागि यो उपयोगी हुन्छ । खासगरी, ग्यास्ट्रिकको समस्या भएकाले बिहान खाली पेटमा तातो पानीसँग लसुन खाँदा निकै फाइदा गर्छ ।

-लसुन आफैँमा आयुर्वेदिक औषधि हो । यसले रक्तचाप पनि घटाउँछ । साथै, पेनकिलरको काम पनि गर्दछ । शरीरका अंगहरू सुन्निँदासमेत फाइदा गर्छ । यसले रगत पातलो बनाएर जम्नबाट रोक्दछ । लसुन नियमित खाँदा रुघाखोकी पनि लाग्दैन ।

तपाईको प्रतिक्रिया