Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – दिनदिनै चिसो बढ्दैछ । चिसो बढ्दा सबैभन्दा बढी सास्ती भनेका रोगी, बुढाबुढी, बालबच्चा र सुत्केरीले झेल्नुपर्छ । चिसो मौसममा अनेकन शारीरिक समस्याले दुख दिन्छ । यसमध्ये एक हो, श्वासप्रश्वासको समस्या । अर्थात अस्वभाविक सास बढ्नु । स्वाँ-स्वाँ हुनु ।

सामान्यतया, दम तथा आस्थमाको विरामीलाई स्वाँ स्वाँ हुने गर्दछ । जसले गर्दा छातीबाट सिठ्ठी बजेको जस्तो एक प्रकारको आवाज आउने गर्दछ । यो समस्या किन हुन्छ ? कसलाई हुन्छ ? यसका जोखिम के हुन् ? यसबारे सचेत हुनैपर्छ । अतः यसको लक्षण पत्ता लगाएर उपयुक्त निदान खोज्नुपर्छ ।

किन बढ्छ अस्वभाविक सास ?

श्वासप्रश्वास प्रक्रिया निरन्तर चल्छ, जसका लागि हामीले अतिरिक्त बल वा शक्ति लगाइरहनु पर्दैन । शरीरले यसको सञ्चालन आफ्नै गति र लयमा गरेको हुन्छ । त्यही गति एवं लयले शरीरमा प्राण बचाइरहेको पनि हुन्छ । यद्यपी कहिले काहीँ यो प्रक्रियामा गडबडी हुन्छ । अस्वभाविक स्वाँ-स्वाँ बढ्छ । किन यस्तो हुन्छ ?

हावा नाकको संकुचित वायु नली हुँदै फोक्सोमा पुगेमा स्वाँ-स्वाँ हुने गर्छ । स्वाँ-स्वाँ हुनु आफैमा एक गम्भीर समस्याको संकेत हो । त्यसैले, धेरै स्वाँ-स्वाँ भएमा समयमै उपचार आवश्यक छ । किनकी स्वाँ-स्वाँ हुन भनेको दम, रुघाखोकी, छातिको समस्या तथा श्वासप्रश्वाससम्बन्धि समस्याको पनि संकेत हो । त्यसबाहेक, खोकी लाग्ने, सास फुल्ने लगायतको अन्य समस्या भएमा पनि स्वाँ-स्वाँ हुने गर्छ । विशेषगरी, सास लिदाँ र छा्ेड्दा यसको आवाज स्पष्ट सुनिन्छ ।

यसको रोकथामको एकमात्र उपाय भनेको स्वाँ स्वाँ हुनुको कारण पहिल्यार त्यसको निदान खोज्नु हो । सामान्यतया घ्यारघा्रको समस्या धुमपान तथा एलर्जी गराउने पदार्थको सम्पर्कका कारण हुने गर्छ । यसको रोकथाम गरेर पनि स्वाँ-स्वाँलाई कम गर्न सकिन्छ । त्यसबाहेक, कार्टिकोस्टेरायड, ब्राकोडाइलेट्स, जलन तथा सुन्निने समस्यालाई कम गर्ने औषधीको उपयोगद्धारा पनि यो समस्यालाई कम गर्न सकिन्छ ।

लक्षण

स्वाँ स्वाँ आफैमा एउटा लक्षण हो । स्वाँ स्वाँ भएमा यसको साथै अन्य लक्षण पनि विकसित हुने गर्दछ । जुन, यसको कारणमा निर्भर हुने गर्छ ।

-घाँटी सुक्ने

-तौल घट्ने

-भोक नलाग्ने

-छाती दुख्ने

-थकान तथा कमजोरी महसुस हुनु

-खोकी लाग्नु

-सास फुल्नु

-स्वास नलीको संक्रमण

उपचार

एलर्जीबाट बचेर, धुमपान नगरेर, चिसो वातावरणबाट बचेर तथा पर्याप्त मात्रामा फल वा सब्जीको सेवन गरेर पनि स्वाँ स्वाँको समस्यालाई कम गर्न सकिन्छ । त्यस्तै, दम तथा आस्थमालाई नियन्त्रण गर्न भिटामिन ई तथा सिको जरुरत पर्ने हुँदा भिटामिन ‘सी’ तथा ‘इ’ युक्त आहार जस्तै सुन्तला, पालुङ्गो, बदाम, टमाटर तथा शिमला मिर्च लगायतको सेवनद्धारा पनि यसको लक्षणलाई कम गर्न सकिन्छ ।

सामान्यतया आस्थमा तथा एलर्जी लगायतका केही रोग एलर्जिक पदार्थका कारण थप जटिल बन्ने गर्दछ । त्यस्तै, मानसिक तनावका कारण पनि यो समस्या थप जटिल हुने गर्दछ । त्यस्तै , घुमपान गर्नाले स्वास प्रस्वास सम्बन्धि समस्या हुने गर्दछ । धुमपानकै कारण फोक्सोको समस्या तथा ब्रोनकाइटिस हुने गर्दछ । कसैकसैलाई धुमपानको सम्पर्कमा आउनाले मात्र पनि छाती घ्यारघ्यार हुने गर्दछ । त्यस्तै, चिसो वातावरणमा ध्यान, योगा  तथा मेडिटेशन गर्नाले घाँटीको मांपेशी संकुचित हुने गर्दछ । जसले गर्दा सास तेज भएर स्वाँ स्वाँ हुने गर्दछ ।

माथिल्लो स्वास तन्त्रको संक्रमण वा रुघाखोकीका कारण हुने हल्का स्वाँ-स्वाँमा खासै उपचारको आवश्यकता पर्दैन । केहीमा औषधी तथा इन्हेलरको प्रयोगद्धारा पनि यसको उपचार गर्न सकिन्छ । कहिलेकाही धेरै घ्याघ्यार भएमा सास लिनमा कठिनाई उत्पन्न हुनसक्छ । त्यस्तो अवस्थामा विरामीलाई तुरुन्तै अक्सिजनको आवश्यकता पर्दछ । त्यस्तो अवस्थामा विरामीलाई अस्पतालमै राखेर उपचार गरिन्छ ।

तपाईको प्रतिक्रिया