Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

पोखरा – कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पञ्चासेमा केबलकार बन्ने भएको छ । पञ्चासे केबलकार परियोजनाले १० अर्बको लागतमा केबलकारसहित अन्य संरचना बनाउन लागेको हो ।

धार्मिक एवम् पर्यटकीय क्षेत्र पञ्चासेमा पर्यटक लैजानको लागि ६ वर्षमा बनाइसक्ने गरी केबलकार निर्माण गरिने परियोजनाका अध्यक्ष रामचन्द्र शर्माले बताउनुभयाे । २०७६ साल माघ महिनामा शिलान्यास गरेर २०८२ सम्ममा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने उनले जानकारी दिनुभयाे । पञ्चासे पुग्न हाल कास्कीको भदौरेसम्म सवारी साधन र त्यहाँबाट पैदल हिंडेर तथा पर्वततर्फबाट चित्रे वा आर्थर डाँडाखर्कसम्म सवारी साधन र त्यहाँबाट ४ घण्टाको पैदल यात्रा गर्नुपर्छ ।

२ हजार ५ सय १७ मिटरको उचाइमा रहेको पञ्चासे पुग्न निर्माण गर्न लागिएको केवलकारको माथिल्लो स्टेशन पञ्चासेबाट १ किलोमिटर तलको ताल नजिक रहेको छ भने तल्लो स्टेशन कास्कीको घाँटीछिनामा रहनेछ । यसको लम्बाई ८.५ किलोमिटर रहने बताइएको छ । केबलको लागत ३ अर्बको रहने परियोजनाले जनाएको छ । केबलकारमा ८० वटा टावर रहने परियोजनाका अध्यक्ष शर्माले जानकारी दिनुभयाे ।

निर्माण हुने केवलकारको दैनिक दश हजार मानिस बोक्ने क्षमता हुने शर्माले बताउनुभयाे । उहाँका अनुसार केबलकारमा एक पटकमा दुई हजार चार सय मानिसले आवतजावत गर्न सक्छन् ।

तपाईको प्रतिक्रिया