Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – जापान सरकारले चितवनमा सञ्चालित विपद् जोखिम न्यूनीकरण परियोजनाको सुदृढीकरणका लागि चार करोड ३९ लाख अनुदान प्रदान गर्ने भएको छ ।

जापानको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सप्लानीरमार्फत प्राप्त हुने अनुदानबाट ग्रामीण पुनर्निर्माण नेपाल नामक गैरसकारी संस्थाले उक्त परियोजनालाई कार्यान्वयन गर्नेछ । यहाँस्थित जापानी राजदूतावासमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र सप्लानीरका नेपाल प्रतिनिधि हिरोमी कात्सुइले अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

पहिरोको जोखिम रहेको लोथर र बाढीको खतरा रहेको मादी नगरपालिका क्षेत्रमा सघनरूपमा परियोजना कार्यान्वयन गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया