Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं –  मानिसमा हुने एक प्रकारको इगोमा आघात पु-याउँदा हुने प्रतिक्रिया नै रिस हो । यो मानिसमा मात्र नभएर हरेक प्राणीमा हुन्छ । रिस आफैँमा नराम्रो इमोसन होइन, तर सही ढंगले व्यवस्थापन गर्न सकिएन भने ठूलो दुर्घटनासमेत हुन सक्छ । रिसलाई हटाउन र घटाउन के कारणले उत्पन्न भएको हो भन्ने ठम्याउनुपर्ने हुन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314


अत्यधिक मात्रामा रिस उठ्नु एक प्रकारको जटिल मानसिक समस्या पनि हो । यदि मानिसले परिस्थितिअनुसार आफ्ना भावनालाई नियन्त्रण गर्न सकेन भने यसले मानसिक समस्याको रूप लिन्छ । रिस तत्काल व्यवस्थापन गर्न सकिँदैन तर दीर्घकालीन रूपमा रिस कम गर्न पनि लामो अभ्यास चाहिन्छ ।

मनौवैज्ञानिक हिसाबले भन्दा हानि नोक्सानी, गलत व्यवहार, चाहेको कुरा पूरा नहुनु, शारीरिक, आर्थिक आदि विभिन्न कारणले रिस उठ्छ । भावनामा चोट पुग्ने खालका व्यवहारले पनि मानिसमा रिस उत्पन्न गराउँदछ ।

रिसको मुख्य औषधि भनेकै आफूलाई नियन्त्रणमा राख्नु हो । जुन व्यक्ति वा घटनाबाट रिस उठेको हो, त्यो वस्तुबाट टाढा रहनु नै बुद्धिमानी हुन्छ । मनलाई सधैँ शान्त राख्ने प्रयास गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया