Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे) कालोपत्रे गर्ने कार्य सुरु भएको छ । अगामी ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित धावनमार्गको कालोपत्रे कार्य सुरु भएको हो ।

धावनमार्गको दूरी ३ किलोमिटरको रहेको छ । धावनमार्गमा अब कालोपत्रे र लाइटिङ्गको काम मात्र बाँकी छ । धावनमार्गको काम सम्पन्न गर्नका लागि सरकारले ३ महिनाकाे समय दिएको छ । अाज विमानस्थलको निरीक्षण गर्दै पर्यटन मन्त्री रविन्द्र अधिकारीले ताेकिएकाे समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभयो । ठेकेदारका प्रतिनिधीले मन्त्री अधिकारीसमक्ष धावनमार्ग निर्माणका लागि ८० प्रतिशत नदीजन्य पादर्थलगायत अन्य साम्रगी भण्डारण गरेकाले समयअवधी अघि नै सम्पन्न गर्ने प्रतिवद्धता जनाएका थिए ।

रनवे सम्पन्न भएलग्त्तै आन्तरिक उडानहरु पनि नयाँ रनवेबाट हुनेछ र हाल संचालनमा रहेको रनवे ट्याक्सीवेमा परिणत हुन्छ । सञ्चालनमा रहेको रनवेलाई पूर्वतर्फ २ सय मिटर र पश्चिमतर्फ २ सय मिटर बढाएर त्यसलाई ट्याक्सीवेको रुपमा प्रयोग गरिने बताइएको छ । ट्याक्सीवेको कुल लम्बाई १ हजार ९ सय मिटर हुनेछ । त्यस्तै यस धावनमार्गसँग त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कार्य पनि जोडिएको छ।

काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत गर्ने अवस्थामा पुगेको छ । जसका लागि भैरहवा विमानस्थलको धावनमार्ग चाडै नै सम्पन्न गर्न आवश्यक छ । भैरहवा विमानस्थलको धावनमार्ग सम्पन्न भएलगतै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गका मर्मत कार्य सुचारु हुने मन्त्री अधिकारीले जानकारी दिनुभयाे । उहाँका अनुसार मर्मत कार्यका लागि ठेकेदार पक्षसगँ सम्झौता गर्न मात्र बाँकी रहेको छ । वर्षा अघि नै मर्मत कार्य सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको छ ।

उहाँले विमानस्थलको सबै काम समानन्तर रुपमा भइरहेकोले २०१९ को अगस्त महिनामा विमानस्थल अपरेशनमा आउने दाबी गर्नुभयो । हालसम्म विमानस्थल निर्माणको ५५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको विमानस्थल आयोजनाका निमित्त प्रमुख ईन्जिनियर प्रवेश अधिकारीले जानकारी दिनुभएकाे छ ।

तपाईको प्रतिक्रिया