Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – एसिडिटी अर्थात् ग्यास्ट्रिक अहिले आमनेपालीको साझा समस्या हो, जसलाई चिकित्सकीय भाषामा ग्यास्ट्राइटिस भनिन्छ । सामान्यतया हाम्रो शरीरमा खाना पचाउनका लागि एसिड उत्पादन भइरहेको हुन्छ । तर, कहिलेकाहीँ एसिड चाहिनेभन्दा बढी भयो भने पेटमा समस्या उत्पन्न हुन थाल्छ । जसले अल्सर हुने, आमाशय सुन्निने, अल्सर बढ्दै जाँदा आन्द्रा साँघुरिने, पछि गएर आन्द्रामा घाउ भई रगत बग्नेसमेत हुन्छ । ग्यास्ट्रिकका विविध कारण छन् :

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

-ग्यास्ट्रिक खानपानमा असन्तुलन र हेलचेक्र्याइँले गर्दा हुने रोग हो । ग्यास्ट्रिक आफैँमा खतरनाक रोग भने होइन । शारीरिक व्यायाम  गर्ने, चिल्लो–पिरो नखाने, योग  गर्ने हो भने ग्यास्ट्रिक आफैँ हराएर जान्छ ।

-ग्यास्ट्रिक हुँदा हेलचेक्र्याइँ गर्न थाल्यो भने अल्सर, क्यान्सरजस्ता खतरनाक  रोग लाग्न सक्छ । त्यसैले ग्यास्ट्रिक हुनुअघि नै विशेष ध्यान पु-याउनुपर्छ ।

-छाती र पेटवरिपरि दुख्नु, तौल कम हुनु, वाकवाकी लाग्नु, भोक हराउनु, पेट भारी हुनु, रिंगटा लाग्नु, पेट फुल्नु आदि ग्यास्ट्रिकका प्रारम्भिक लक्षण हुन् ।

-ग्यास्ट्रिक हाम्रो जीवनशैली, खानपान, मानसिकता र शरीरको प्रकृतिसँग जोडिएको हुन्छ । त्यसैले यसतर्फ ध्यान दिनुपर्छ

-दुखाइ कम गर्ने औषधि, मसला, खुर्सानी, नुनको बढी प्रयोग, अस्वस्थ खानपान, व्यायामको कमी, रातो मासु, अत्यधिक चिल्लो खानेकुरा, जाँड–रक्सी र सुर्तीजन्य पदार्थको सेवन आदि ग्यास्ट्रिकका कारण हुन् ।

-ग्यास्ट्राइटिस आत्मघाती प्रतिरक्षा प्रणालीको कारणले पनि हुने गर्दछ ।

-पेटको अप्रेसन, कलेजो, मिर्गौला, फियो तथा आन्द्राका रोग, एचआइभी एड्स र विशेष मानसिक रोग भएको अवस्थामा पनि यो रोग  देखा पर्दछ ।

बच्ने उपाय
-ग्यास्ट्राइटिसको ठूलो हिस्सा जीवनशैलीसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएकाले जीवनशैली परिवर्तन गर्न नितान्त जरुरी छ । जीवनशैली परिवर्तन भनेको भोजन, व्यायाम, विश्राम, विचार र व्यवहारलाई स्वास्थ्यअनुकूल बनाउनु हो ।

-ग्यास्ट्राइटिस तनावपूर्ण जीवन, डर, चिन्ता, खिन्नता, उदासीनता र अनिद्राका रोगीलाई हुने रोग हो । तसर्थ, तनाव व्यवस्थापन गर्न सके ग्यास्ट्रिकबाट बच्न सकिन्छ ।

-फाइबरयुक्त, भिटामिनयुक्त र होलग्रेल्स खाना, क्याल्सियम, एन्टिअक्सिडेन्ट, चिकेन, माछा, हरियो सागपात गेडागुडी र अन्डा समय मिलाएर खानुपर्दछ ।
-दहीमा हुने प्रोबायोटिक बटर मिल्कले पनि ग्यास्ट्रिकलाई ठीक पार्न सहयोग पु-याउँछ ।

तपाईको प्रतिक्रिया