Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

भोजपुर – भोजपुरको उत्तरी षडानन्द नगरपालिका–२, कुदाक काउलेको ताबुमा रहेको रुद्राक्ष नचिनेको मानिसको समूहले लुटेका छन् । शुक्रबार बिहान ७/८ जनाको नचिनेको मानिसको समूहले स्थानीय हिमाल तामाङ र षडानन्द नगरपालिकाका मेयर बीरबल राईको साझेदारीमा लगाएको झण्डै २ करोड १५ लाख मूल्य बराबरको रुद्राक्ष चोरी भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

साझेदारीमा लगाएको रुद्राक्षको बगानलाई ३ वर्षका लागि ३० लाखको ठेक्कामा एक वर्षअघि षडानन्द नगरपालिका–३, खार्तम्छाका अगमसिंह राईले लिएका थिए । रुद्राक्ष बगानमा चारजना हेरालु राखेको भए पनि अज्ञात समूहले उनीहरुमाथि कुटपिट गरी रुद्राक्षका हाँगा काटेर लुटेर लगेको हेरालु साल्पासिलिछो गाउँपालिका दोभानेका ओमकार थुलुङले बताउनुभयो । अज्ञात समूहले बगानको सबैभन्दा राम्रो मुखादार भएको रुखको  दाना लगेको अर्का हेरालु षडानन्द नगरपालिका ६, केउरेनी पानीका कुबेर राईले बताउनुभयो ।
रुद्राक्ष लुट्ने समूहले उनीहरुको साथमा रहेको बन्दुकको कुञ्जोले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

षडानन्द नगरपालिकाका मेयर कार्यालयको कामले आफू भोजपुर सदरमुकाम आएका बेला चोरी भएको मेयर बीरबल राईले बताउनुभयो । राईले भन्नुभयो, ‘म नगरपालिकाको कामले सदरमुकाम र हिमाल तामाङ बाहिर गएको वेला चोरी भयो । लुटिएको बोटमा फलेको रुद्राक्ष अहिलेको बजार मूल्यदरमा प्रतिगोटा एक लाख रुपैँयासम्म पर्छ ।’ मेयर राईले लुटपाटपछि जिल्ला प्रहरी कार्यालय भोजपुरमा आएर किटानी जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया