Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – सुनको भाउले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । सुन शुक्रबार तोलाको ६० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार तोलाको ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा ७ सय रुपैयाँ बढेको हो । यसअघि २०६९ साल भदौ महिनामा सुनको भाउ तोलाको ६३ हजार ३ सय पुगेको थियो ।

त्यसयता घटेको सुनको भाउ गएको महिनादेखि फेरि बढ्दै गएको हो । अन्तराष्ट्रिय बजारमा नै सुनको भाउ बढेको तथा डलर महंगो भएको र भारतीय मुद्रा कमजोर भएका कारण सुनको भाउ बढ्दै गएको महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

तपाईको प्रतिक्रिया