Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

म्याग्दी – म्याग्दीमा पछिल्लो समय वित्तीय संस्थाको ओइरो लागेको छ । हिमालीमुलुक मुस्ताङको प्रवेशद्वार, जलविद्युतको प्रचुर सम्भावना, बाग्लुङको पश्चिमी र पर्वतको उत्तरी क्षेत्र व्यापारिक केन्द्रको रूपमा विस्तार हुन थालेपछि ठूल्ठूला वित्तीय संस्थाको रोजाइको गन्तव्य बन्न थालेको हो म्याग्दी। करिब एक दशक अगाडिसम्म नेपाल बैंक, कृषि विकास बैंक, वाणिज्य बैंकका साथै सदरमुकाम केन्द्रित केही सहकारीले कारोबार गरिरहेको भएपनि शान्ति प्रक्रियाको सुरुवातसँगै ठूला बैंक तथा वित्तीय संस्थाले शाखा विस्तार गरेका छन् ।

लगानीको आकर्षण बढ्दै जान थालेपछि निजी वित्तीय संस्थाहरू आकर्षित भएका हुन् । धौलागिरि अञ्चलमा बढी रेमिटान्स भित्रिने जिल्ला म्याग्दी भएकाले पनि आकर्षित गरेको पश्चिमाञ्चल फाइनान्सका शाखा प्रबन्धक गणेशप्रसाद पौडेलले बताउनुभयो । निजी बैंक तथा वित्तीय संस्थाको अवधारणामार्फत शाखा विस्तार गर्ने पहिलो निजी वित्तीय संस्थासमेत रहेको पश्चिमाञ्चलले १० करोड विभिन्न क्षेत्रमा लगानीसमेत गरेको छ ।

अहिले म्याग्दीमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक, माछापुच्छ्रे, काष्ठमण्डप डेभलपमेन्ट, आइएमइ फाइनान्स, सिटिजन्स बैंक, बैंक अफ काठमाण्डू, नेपाल सेयर मार्केट्स, प्रभु फाइनान्सलगायतले शाखा विस्तार गरिसकेका छन् । म्याग्दी सदरमुकाम बेनीमै केन्द्रीय कार्यालय रहेको निलगिरि विकास बैंक धौलागिरि अञ्चलकै पहिलो विकास बैंक हो । बेनीमा केन्द्रीय कार्यालय रहेको निलगिरिले दोस्रो व्यापारिक केन्द्र दरवाङबजार र उत्तरी भुरुङ तातोपानीमा समेत शाखा विस्तार गरिसकेको छ । आर्थिक वर्ष २०६८/०६९ मा मात्र शाखा विस्तार गरेका बैंक अफ काठमाण्डू ‘क’ र प्रभु फाइनान्स ‘ग’ वर्गको इजाजत प्राप्त बैंक हो । प्रभु फाइनान्सले पश्चिम म्याग्दीको दोस्रो व्यापारिक केन्द्र र सदरमुकाम वेनीमा शाखा विस्तार गरी कारोबार गरिरहेको छ ।

बेनीबजारको क्याम्पसचोकदेखि लोकतान्त्रिक चोकसम्म करिब एक किलोमिटरको दूरीभित्र अवस्थित वित्तीय संस्थामा आउने ग्राहकको सङ्ख्या बढ्दै जान थालेको बैंकका कर्मचारीले बताएका छन्

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया