Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

सकारात्मक सोच

डिप्रेसनका विभिन्न कारणमध्ये नकारात्मक सोच पनि एक हो । मानिसमा निराशाले उपलब्धि, क्षमता र गुणलाई बिस्तारै कम गर्दै लान्छ । हरेक मानिसले असफलता, पीडा, संवेग, निराशा चिन्ता आदि नकारात्मक सोचको अनुभव गर्दछन् । तर, यस्ता पीडालाई स्विकार्नु आवश्यक हुन्छ । यसलाई जीवनमा आइपर्ने सामान्य प्रक्रियाका रूपमा लिनुपर्दछ । जसले मानिसलाई खुसी रहनमा मद्दत गर्दछ ।

निद्रालाई नियमित राख्ने

स्वस्थ रहन उपयुक्त र नियमित रूपमा निदाउनु आवश्यक हुन्छ । निद्राको कमीका कारण शारीरिक तथा मानसिक रूपमा कमजोर भइन्छ । निद्रा नपर्नु आफैँमा रोग पनि हुन सक्ने भएकाले यसतर्फ पनि ध्यान दिनुपर्छ । अनिद्राका कारण मनमा धेरै कुरा खेल्ने भएकाले डिप्रेसनको सिकार हुने अत्यधिक सम्भावना रहन्छ । तसर्थ, दिनको करिब ७–८ घन्टा मज्जाले निदाउनुपर्छ ।

काममा व्यस्त रहने

धेरैमा डिप्रेसनको साझा कारण पर्याप्त रुचि वा गतिविधिको अभाव हो । जतिवेला पनि दिक्क मान्ने गर्नाले डिप्रेसन हुने सम्भावना हुन्छ । शारीरिकजस्तै मानसिक स्वास्थ्यमा पनि रुचि बढाउनु र विभिन्न काममा संलग्न हुनु निकै महत्पूर्ण हुन्छ । जसले आत्मविश्वासमा वृद्धि गर्छ । यसले दिमागमा आउने नकारात्मक कुराबाट टाढा राख्छ र डिप्रेसनको सिकार हुनबाट बचाउँछ ।

जे छ त्यसमै सन्तुष्ट हुने

मानिसको स्वभाव सन्तुष्ट नहुने खालको हुन्छ । यो स्वाभाविक हो । तर, कतिपय अवस्थामा अनावश्यक रूपमा गरिने आशाले नैराश्य उत्पन्न गराउँछ । मान्छेको आकांक्षा धेरै माथिको भयो भने र त्यो पाउने ल्याकत कम छ भने डिप्रेसनको मुख्य कारण बन्न सक्छ । डिप्रेसनबाट जोगिन हामीले आफ्ना आकांक्षालाई कतिपय अवस्थामा लगाम लगाउनुपर्ने हुन्छ । बुबा–आमा, अभिभावकले बालबालिकालाई पनि आकांक्षा नियन्त्रण गर्ने सीप सिकाउन अनिवार्य हुन्छ ।

स्वस्थ खाना समयमै खाने

स्वस्थ खानेकुरा स्वास्थ्यका लागि आधारभूत पक्ष हो । समयमै स्वस्थ खानेकुराको प्रयोगले मानिसलाई शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा समेत तन्दुरुस्त राख्न मद्दत गर्दछ । साथै, खानाको नियमित रुटिन पनि हुन जरुरी छ । बिहान–बेलुकाको खाना, खाजा कुन समयमा खाने भन्ने निश्चित समयतालिका बनाउँदा उत्तम हुन्छ । खानामा सागपात, गेडागुडी, झोलयुक्त परिकार लिनुपर्छ ।

तपाईको प्रतिक्रिया