Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – ललितपुर महानगरपालिकाले यो वर्ष मात्रै सडक स्तारेन्नतिका लागि ५० करोड खर्चिने भएको छ । यस अन्तरगत २८ किलोमिटर सडक पिच गर्ने कार्यक्रम महानगरपालिकाले बनाएको छ । गत वर्ष महानगरले ११ करोड मात्रै सडकमा बजेट विनियोजन गरेको थियो ।

महानगरपालिकाका प्रवक्ता राजु महर्जनका अनुसार मेलम्ची खानेपानी आयोजनाले पनि भत्काएका धेरै शहरी सडकहरु पिच गर्दैछ । यसमा थप २८ किलोमिटर पिचको काम महानगरपालिकाले आफ्नै स्रोतबाट गर्ने उहाँले बताउनुभयाे । महानगरपालिकाले यो वर्षबाट चार मिटरभन्दा सानो सडक कालोपत्र नगर्ने भएको छ । पूर्वाधार निर्माणमा संलग्न उपभोक्ता समिति परिचालनमा कडा नीति लिएको छ । समयमा काम नगरे उपभोक्ता समितिहरु नै खारेज गर्ने महानगरले बताएको छ ।

महानगरपालिकाले ४ मिटरभन्दा फराकिला सडकलाई मात्र पिच गर्ने नीति लिएको छ । ४ मिटरभन्दा कम चौडाइ सडकमा ब्लक वा ढुंगा छापिनेछ भने कंक्रिट ढलान सडक बनाइने छैन । यसले शहरमा भूमिगत पानीलाई रिचार्जमा महत्वपूर्ण भूमिका खेल्ने महानगरको विश्वास रहेको महर्जनले बताउनुभयाे ।

तपाईको प्रतिक्रिया