Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रूपैयाँको पूर्वाधार विकास कोष कम्पनि मोडलमा स्थापना गर्ने निश्चित भएको बताएको छ । एनआरएनएका अध्यक्ष भवन भट्टले अाज काठमाडौंमा भएको पत्रकार सम्मेलनमा अर्थमन्त्रीसँगको भेटमा पूर्वाधार विकास कोष कम्पनी मोडलमा स्थापना गर्न सकारात्मक रहेको जानकारी दिनुभयाे ।

एनआरएनएले वैदेशिक रोजगारमा गएका नेपाली र सानो स्तरमा लगानी गर्ने गैरआवासीय नेपालीलाई भन्दै १० अर्ब रुपैयाँको पूर्वाधार विकासका लागि इन्भेष्टमेन्ट कम्पनी खोल्ने र शेयर जारी गर्न दिन सरकारसँग अनुरोध गर्दै आएको थियो । उहाँले नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रामलय, परराष्ट्र मन्त्रालय र सेबोनको साझेदारीमा कोषस्थापना गर्ने निश्चित भएकाे बताउनुभयाे ।

यस्तै, एनआरएनएले यही असोज २६, २७ र २८ गते तीन दिन विज्ञ सम्मेलन गर्ने भएको छ । विदेशमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरू र नेपालप्रति चासो राख्ने विदेशी विज्ञहरूसँग नेपालमा अध्ययन, अनुसन्धान तथा विकासमा संलग्न विश्वविद्यालय, अनुसन्धान केन्द्र तथा व्यावसायिक संस्थालाई जोड्ने अभिप्रायले सम्मेलन आयोजना गर्न लागिएको गैर आवासीय नेपाली संघले बताएको छ ।

तपाईको प्रतिक्रिया