Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – प्रदूषित इलाकामा नहिँड्नुहोस्, एसी अन गरेका वेला झ्याल बन्द राख्नुहोस् । यी र यस्तै सावधानी अपनाउनाले मौसमी एलर्जीबाट बच्न सकिन्छ ।

अमेरिकामा गरिएको एक अनुसन्धानले के पत्ता लगाएको छ भने तनाव लिएको खण्डमा एलर्जीको लक्षण बढ्ने गर्छ । स्टे«स हर्मोन, ब्लड प्रोटिन इत्यादिले आइजिईलाई बढाउँछ, जुन एलर्जिक रियाक्सनका लागि जिम्मेवार हुन्छ । विज्ञका अनुसार तनाव नलिने र पूरै निद्रा सुत्ने गर्नाले एलर्जीमा राहत मिल्छ ।

अनुसन्धानअनुसार यदि तपाईंको सुत्ने ओछ्यानलाई १ सय ४० डिग्री फरेनहाइटको तापक्रममा धुनुभयो भने १ सय प्रतिशत धुलो कम हुन्छ । जबकि मनतातो पानीले धुँदा ६ दशमलव ५ प्रतिशत धुलो मात्रै कम हुन्छ ।

केही मेसिनमा सेनेटाइज सेटिङ पनि हुन्छ । यदि मेसिनमा यस्तो अप्सन छैन भने वासिङमेसिनमा तातो पानीको प्रयोग गर्नुहोस् वा हातले कपडा धुनका लागि तातो पानी प्रयोग गर्नुहोस् ।

तपाईको प्रतिक्रिया