Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – दसैँ लक्षित खसी, बोका, भेडा, च्याङ्ग्रा जाँच्न पशु चिकित्सकसहितको टोली खटिने भएका छन् । बुधबारदेखि काठमाडौंमा विक्री हुने रोगी र प्रयोग गर्न अयोग्य चौपायाको पहिचान गरेर विक्री नियन्त्रण गर्न टोली खटिने भएको महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले बताउनुभयाे ।

‘व्यवसायीसहितको टोलीले सुधारका काम गर्ने र नियमनकारी निकायको टोलीले अनुगमन गर्नेछन्,’ अाज महानगरमा भएको छलफलमा उहाँले भन्नुभयाे, ‘यो टोलीले विक्रीका लागि ल्याइएका चौपायाको स्वास्थ्य परीक्षण गर्नेछ ।’ चौपायाको स्वास्थ्य परीक्षणका लागि १ जना पशु चिकित्सकका साथमा नेपाल प्रहरी, महानगर प्रहरी, जनस्वास्थ्य महाशाखा, ट्राफिक प्रहरीको टोली खटिने छन् ।

यस क्रममा चौपाया निरोगी भए सिङमा हरियो चिन्ह लगाउने छ भने रोगी भए रातो चिन्ह लगाउने छ । उपभोक्ताले चौपाया खरिद गर्दा सिङमा हरियो रङ लगाइएका खसी, बोका, भेडा च्याङ्ग्रा खरिद गर्न महानगरले उपभोक्तालाई आग्रह गरेको छ । उहाँले स्वच्छ, स्वस्थ्य र गुणस्तरीय मासु उत्पादन, प्रशोधन तथा विक्री वितरण व्यवस्था सबैको साझा मुद्दा बन्नु पर्नेमा जोड दिनुभयाे ।

तपाईको प्रतिक्रिया