Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – राष्ट्र बैंकले आजदेखि दसैं र तिहारका लागि नयाँ नोट साटिदिने व्यवस्था गरेको छ । बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको सटही खुला गरेको हो ।

एक जनाले विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले प्रत्येक वर्ष दसैँको अवसरमा सर्वसाधारणको लागि नयाँ नोट सटही सेवा प्रदान गर्दै आएको छ । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ११ असोजदेखि नै नयाँ नोट वितरण गरिसकेको छ ।

बैंक तथा वित्तीय संस्थालाई पहिले नयाँ नोट दिए पनि ती संस्थाले पनि अाजदेखि नै वितरण सुरु गरेका छन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकबाट पनि नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । त्यस बाहेक नोट कोष सुविधा लिएका वित्तिय संस्थाले पनि नयाँ नोट सटही गर्नेछन् । नोट सटही सुविधा २९ असोजसम्म हुने छ ।

काठमाडौं उपत्यकाभित्र नेपाल बैंकको न्युरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटही गर्न सकिनेछ । राष्ट्रिय वाणिज्य बैंकको सिहदरबार, टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार, नक्सान, कलंकी र बालाजु शाखाबाट र कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भू र मंगलबजार शाखाबाट नोट वितरण हुने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै उपत्यका बाहिरका उपभोक्ताले पनि असोज २१ देखि नै नयाँ नोट सटही सुविधा पाउनेछन् । मोफसलमा राष्ट्र बैंकका विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीस्थित क्षेत्रीय कार्यालयहरूबाट तथा राष्ट्र बैंकबाट नोट कोष सुविधा लिएका सरकारी स्वामित्वका बैंकहरूको शाखाबाट नयाँ नोट साट्न सकिने सकिने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया