Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं  – आँखाको तल्लो भागमा हुने कालो घेरा आमसमस्याको रूपमा स्थापित छ । जुन शरीरमा कैयौँ पोषण तत्वको कमीका कारण हुने कमजोरीले सिर्जना गर्छ । तर, कतिपय अवस्थामा उमेर बढ्दै जाँदा, ड्राई स्किन, रातभर काम गर्दा र सुत्ने आसन नमिल्दा पनि यस्तो समस्या हुने गर्छ ।

यस्ता छन् आँखाको कालो घेरालाई दूर गर्ने घरेलु उपचार :

काँक्रो
छाला स्वस्थ राख्न काँक्रो निकै राम्रो मानिन्छ । त्यस्तै, काँक्रो छालामा लगाउँदा पनि फ्रेस र ग्लोइङ भएर जान्छ । त्यसका लागि काँक्रो पातलो गरी स्लाइस काट्नुपर्छ । र, त्यसलाई रेफ्रिजरेटरमा करिब ३० मिनेट राखेर चिस्याउनुपर्छ । त्यसपछि रेफ्रिजरेटरबाट झिकेर डार्क सर्कल भएको ठाउँमा १० मिनेटसम्म राख्नुपर्छ । अनि सुकेपछि पानीले सफा गर्नुपर्छ । यस्तो गतिविधि दिनमा तीन–चारपटक गर्दा राम्रो हुन्छ ।

त्यस्तै, काँक्रो र कागतीको मिश्रण गराई त्यसलाई कटनको सहायताले कालो घेरा भएको ठाउँमा लगाउन पनि सकिन्छ । यसरी लगाएको करिब १५ मिनेटपछि पानीले सफा गर्नुपर्छ ।

बदामको तेल
बदामको तेलमा कैयौँ प्राकृतिक औषधि हुने गर्छ । जसले आँखावरिपरिको छालालाई फाइदा पु-याउने गर्छ । बदामको तेलको नियमित उपयोगले छालाको रङलाई हल्का पार्ने गर्छ । र, बिस्तारै आँखाको आसपासमा भएको डार्क सर्कलको समस्या पनि टाढा भएर जान्छ । यसका लागि रातको समय आँखाको तल्लो भागमा थोरै तेल लगाई हातले हल्का मालिस गर्नुपर्छ । र, बिहान उठेपछि रम्रोसँग मुख धुनुपर्छ । त्यसपछि बिस्तारै आँखाको कालो घेरा हटेर जान्छ ।

पानी
यदि आँखाको तल्लो भागमा डार्क सर्कल छ भने त्यसको कारण शरीरमा पानीको मात्रा नपुगेर पनि हुन सक्छ । पानीको पर्याप्त सेवन कैयौँ रोगको औषधिसमेत हो । जुन साधारण घरेलु उपचार पनि हो । पानीले डार्क सर्कललाई पनि टाढा गर्ने काम गर्छ । पानी पिउँदा स्किन हाइड्रेट रहन पनि सघाउ पुग्छ ।

टमाटर
टमाटरमा कैयौँ यस्ता गुण हुन्छन्, जसले छालाको डार्क कलरलाई हल्का गर्ने काम गर्छ । यसले छालालाई ग्लो पनि प्रदान गर्छ । त्यसका लागि एक चम्चा टमाटरको पेस्ट र कागतीको रसको केही थोपाको मिश्रण गर्नुपर्छ । यस्तो मिश्रणलाई आँखाको तल्लो भागमा रहेको कालो घेरामा लगाउनुपर्छ । र, १० मिनेटसम्म आँखामै रहन दिनुपर्छ । त्यसपछि मात्र चिसो पानीले सफा गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया