Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

१. भोजनमा विविधता
स्वास्थ्यका लागि हाम्रो शरीरलाई ४० भन्दा बढी पोषक तत्व चाहिन्छ र कुनै एकल भोजनले ती सबै तत्व आपूर्ति गर्न सक्दैन । त्यसैले सन्तुलित रूपमा विभिन्न प्रकारका पोषणयुक्त खानाको सेवन गर्नुहोस् । तपाईंले लन्चमा हेभी खाना लिनुभयो भने डिनरमा कम खानुहोस् । एक रात मासु खानुभयो भने अर्को दिन हरियो सागपात वा माछा सेवन गर्नुहोस्, अर्थात् भोजनमा विविधता ल्याउनुस् ।

२. कार्बोहाइड्रेटयुक्त खाद्यान्नको अत्यधिक प्रयोग
हाम्रो आहारमा कार्बोहाइड्रेटयुक्त खाद्यान्नको प्रयोग अत्यधिक गर्नुपर्र्छ । चामल, पास्ता, आलु, रोटीलगायतका कार्बाेहाइड्रेटयुक्त खाद्यान्नलाई आफ्नो डाइटचार्टमा समावेश गर्नुहोस् ।

३. चिल्लो घटाउनुस्
स्वस्थ रहनका लागि शरीरमा बोसो आवश्यक हुन्छ । यद्यपि, बोसोको मात्रा बढ्यो भने हाम्रो शरीरको तौल र कार्डियोभास्कुलरमा खराब असर गर्छ । त्यसैले फ्याटलाई सन्तुलित राख्न चिल्लोयुक्त खानेकुराको कम प्रयोग गर्नुहोस् । उमालेको वा स्टिम गरेको खानेकुराको प्रयोग धेरै गर्नुस् । शाकाहारी तेलको प्रयोग गर्नुस् ।

४. फलफूल र तरकारीको  भरपुर प्रयोग
फलफूल र तरकारीमा हाम्रो शरीरलाई आवश्यक भिटामिन, खनिज र फाइबर हुन्छ । दैनिक रूपमा हामीले कम्तीमा पाँचपटक खाने प्रयास गर्नुपर्छ । प्रत्येकपटक फलफूल र तरकारीको प्रयोग गर्दा शरीर स्वस्थ रहन्छ । हरियो सागपात र ताजा फलफूलको प्रयोग अत्यधिक गर्नुहोस् ।

५. नुन र चिनीको  मात्रा घटाउनुहोस्
नुनको अत्यधिक प्रयोगले ब्लडप्रेसर बढाउन सक्छ र हृदयरोगको खतरा बढ्छ । त्यसैले खानामा नुनको प्रयोग कम गर्दा राम्रो हुन्छ । हामीले बजारबाट खाद्यान्न किन्दा कम सोडियमयुक्त सामग्री किन्नुपर्छ । चिनीले पनि नुनजस्तै आकर्षक स्वाद प्रदान गर्छ । मानिस पेय पदार्थ तथा मिठाईमा चिनीको अत्यधिक प्रयोग गर्छन् । तर, यसरी चिनीको प्रयोग बढ्दा स्वास्थ्यमा प्रतिकूल असर गर्छ । त्यसैले बरु चिनीको अत्यधिक प्रयोग भएका पेय पदार्थ वा मिठाई सेवन गर्नुको सट्टा फलफूल खानुहोस् ।

६. भोजन नियमित गर्नुहोस्
समयमा खाना नखाने, नियमित रूपमा नखाने र विभिन्न जंकफुडमा आश्रित हुनाले विभिन्न समस्या बढ्छ । स्वस्थ रहन दैनिक रूपमा एउटै समयमा भोजन गर्नुपर्ने हुन्छ । भोजनबाट टाढा रहने वा भोक छल्ने उपाय अवलम्बन गर्नाले स्वास्थ्यमा विभिन्न समस्या देखिन्छ । खानाको सट्टा स्न्याक्स सेवन गर्नाले भोक नियन्त्रणमा त मद्दत मिल्न सक्छ, तर यो खानाको उपयुक्त विकल्प भने होइन । नास्ताका लागि हामीले दही, ताजा फलफूल र तरकारी, बदाम, गाँजर, पनिरजस्ता स्वस्थकर परिकारको चयन गर्नुपर्छ । खानामा सलादको नियमित प्रयोग गर्नु  राम्रो हुन्छ ।

७. तरल पदार्थको  अत्यधिक प्रयोग
वयस्क व्यक्तिले दैनिक रूपमा कम्तीमा पनि एक दशमलव पाँच लिटर तरल पदार्थ सेवन गरेको हुनुपर्छ । त्यसैले तरल पदार्थमा ध्यान दिनुस् । त्यसका लागि सबैभन्दा उत्तम स्रोत पानी हो । पानी अत्यधिक पिउनुस् । पानीको मात्रा कम हुँदा शरीरमा विभिन्न रोग देखिन सक्छ । फलफूलको रस, चिया, दूध र अन्य पेयले पनि शरीरमा तरल पदार्थको मात्रा पूरा गर्छन् र तपाईंलाई स्वस्थ रहन सघाउ पु-याउँछन् ।

८. शरीरको तौल लिनुहोस्
शरीरको तौल कति छ भन्ने जान्नका लागि वेला–वेलामा वजन मापन गर्नुस् । हाम्रो उचाइ, उमेर, र जिनजस्ता कारकले हाम्रा लागि सही वजन कति हो भन्ने निर्भर गर्दछन् । अधिक वजनले गर्दा मधुमेह, हृदयरोग र क्यान्सरसहित विभिन्न रोगको जोखिम बढ्छ । शारीरिक गतिविधिले हामीलाई ऊर्जा खर्च गर्न मद्दत गर्छ र हामीलाई स्वस्थ महसुस गराउँछ । यदि हाम्रो वजन बढ्दै गएको छ भने त्यसलाई कम गर्नका लागि हामीले कम खान र अधिक सक्रिय हुन आवश्यक छ । तौल कम गर्ने बहानामा खाना नै नखाने भन्ने होइन । बिस्तारै खाद्यान्नलाई कम गर्दै लैजाने हो । एकैपटक खानाको मात्रा घटाउँदा अन्य समस्या देखिने खतरा रहन्छ ।

९. नियमित अभ्यासको बानी बसाल्नुहोस्
शारीरिक कसरत वजन र स्वास्थ्य अवस्थाका लागि महत्वपूर्ण छ । हिँड्ने, कुद्ने, खेल्ने, योग, व्यायाम गर्नेलगायतका कुनै न कुनै शारीरिक कसरत आवश्यक हुन्छ । यसले हामीलाई अतिरिक्त क्यालोरी घटाउन मद्दत गर्दछ । यसले हाम्रो मांसपेशीलाई कायम राख्छ । यसले हाम्रो ध्यान केन्द्रित गर्दछ र समग्र स्वास्थ्य अवस्थामा सुधार गर्दछ ।

शारीरिक कसरत गर्नका लागि हामी खेलाडी नै हुुनुपर्छ भन्ने छैन । हामीले कपडा धुने, भारी बोक्ने, कृषिका काम गर्नेलगायतका शारीरिक कसरत आवश्यक पर्ने श्रम गरेर पनि यसको पूर्ति गर्न सक्छौँ वा दैनिक रूपमा केही हिँडेर वा व्यायाम गरेर पसिना निकाल्न सक्छौँ । जे होस्, नियमित रूपमा शारीरिक कसरत गर्न आवश्यक छ । आजैबाट सुरु गर्नुस् र यसलाई निरन्तरता दिइरहनुहोस् । स्वस्थ जीवनशैलीले नै तपाईंलाई खुसी र समृद्ध बनाउँछ ।

तपाईको प्रतिक्रिया