Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

१- सुक्खा बनाउन प्रयोग गरिने हेयरड्रायर र अन्य उपकरणको प्रयोगले पनि कपाललाई कमजोर बनाउँछ ।

२- गर्भावस्था, प्रसव, युवा अवस्थामा मानिसको हर्मोनमा परिवर्तन आउन सक्छ । हर्मोन परिवर्तनका कारण पनि कपाल झर्ने गर्दछ ।

३- कतिपयले अत्यधिक मात्रामा कपाल हाइलाइट र कलरिङ गरिरहेका हुन्छन् । यसो गर्दा पनि कपालमा समस्या उत्पन्न हुन्छ र झर्न सुरु गर्छ ।

 

४- कतिपयको कपाल वंशानुगत गुणको कारणले झर्छ । तर, अधिकांश मानिसको कपाल भने तनाव र स्ट्रेसका कारण झर्ने गरेको हुन्छ ।

५- निद्रा पूरा नहुँदा इनसोमनिया र नसुन्नेजस्ता रोग लाग्न सक्छ, जसको सीधा असर कपालसम्म पुग्छ ।

 

६- भिटामिन ए, बी, सी, डी, ई, बी कम्प्लेक्स, आयोडिन, म्याग्नेसियम, कपर, आइरन, फस्फोरस, सिलिकन र पोटासियमको कमी हुँदा पनि कपालमाअसर पुग्छ ।

७- फंगल इन्फेक्सनका कारण पनि कपाल झर्न थाल्छ । जाडो या गर्मी दुवै मौसममा फंगल इन्फेक्सन हुन सक्छ ।

तपाईको प्रतिक्रिया