Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं  – शिशुलाई स्तनपान गराउन थाल्नुअघि राम्रोसँग निप्पल सफा गर्न जरुरी हुन्छ । निप्पललाई मनतातो पानी, टिस्यु पेपर या कटनको सफा कपडाले सफा गर्न सकिन्छ । कहिल्यै पनि खाली हातले निप्पल सफा गर्नुहुँदैन । यसो गर्दा स्तनमा संक्रमण हुन सक्छ ।

कहिलेकाहीँ स्तनमा गाँठो पनि पर्न सक्छ । यस्तो वेला स्तनमा पीडा हुन्छ । गाँठो पर्ने समस्याबाट मुक्त हुनका लागि स्तनको मसाज गर्न जरुरी हुन्छ । यसो गर्दा स्तनमा राम्रोसँग ब्लड सर्कुलेसन हुन्छ र पीडा पनि हुँदैन ।

कहिलेकाहीँ स्तनपान गराउँदा निप्पल दुख्न सक्छ । यस्तो समस्या भएमा स्तनपान गराउनुअघि स्तनमा घिउ लगाउनुपर्छ । घिउ लगाउने बानीले लामो समय स्तनपान गराउँदासमेत दुख्ने समस्या हुँदैन ।

स्तनपान गराउने आमाले नुहाउँदा कहिल्यै पनि स्तनमा साबुन लगाउनु हुँदैन । साबुनमा भएको केमिकलले निप्पललाई कडा र सुक्खा बनाउँछ । यसको विकल्प हो, स्तनलाई मनतातो पानीले सफा गर्नु ।

स्तनपान गराउने आमाले कसिलो ब्रा लगाउनु हुँदैन । कसिलो ब्रा लगाएमा स्तनपान गराउँदा रेसेज हुन सक्छ । स्तनपान गराउने महिलाले नर्सरी ब्रा लगाउनुपर्छ ।

तपाईको प्रतिक्रिया