Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – सुनसरीमा गोली हानी हत्या गरिएका खुर्सिद आलमको परिवारलाई सरकारले १० लाखको चेक हस्तान्तरण गरिएको छ । अाज आलमकी श्रीमती खतिजा खातुनलाई गृहमन्त्री रामबहादुर थापाले सुनसरीमा आयोजित एक कार्यक्रमकाबीच चेक र सहिदको प्रमाणपत्र हस्तान्तरण गर्नुभएकाे हाे ।

हत्या भएको भोलिपल्टै सरकारले १० लाख क्षतिपूर्ति दिने र घटनाको अनुसन्धान गर्ने भन्दै समिति गठन गरेको थियो । समितिमा समितिमा प्रदेश नम्बर १ का एसएसपी किशोर दाहाल, सशस्त्र प्रहरी बलका एसपी रमेशकुमार थुम्स, राष्ट्रिय अनुसन्धान विभागका तुलसी प्रसाईं, प्रदेश १ का आन्तरिम मामिला तथा कानुन मन्त्रालयका उपसचिव रविन्द्र आचार्य र सुनसरीका प्रशासकीय अधिकृत राजन पाण्डे छन् । समितिलाई अनुसन्धान गर्न १५ दिनको म्याद दिइएको छ ।

आलमको हत्या असोज ४ गते भएको थियो । भारतीय नम्बर प्लेटको मोटरसाइलकमा आएका चार जनाको समूहले आलमलाई गोली प्रहार गरी भारत प्रवेश गरेको थियो । गोली लागेका आलमको घटनास्थमलमै ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया