Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा चिनी प्रतिकेजी १० रूपैयाँ सस्तो पर्ने भएको छ । हाल बजारमा चिनी खुद्रा मूल्य प्रतिकेजी ८० रूपैयाँसम्म पर्ने गरेको छ। सुपथ पसलमा सर्वसाधारणले ७० रूपैयाँमा नै चिनी पाउने छन् ।

चिनी उद्योग सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले चिनी सुपथ मूल्य पसललाई प्रतिकेजी ५७ रूपैयाँले दिएको बताउनुभयाे । त्यसमा १३ प्रतिशत भ्याट (मूल्य अभिवृद्धि कर) सहित प्रतिकेजी ६५ रूपैयाँ पर्नेछ । त्यसमा ढुवानी खर्च जोड्दा सर्वसाधारणलाई ७० रूपैयाँ परेको हो । सरकारले हालै आयातित चिनीमा कोटा निर्धारण गरेको छ । जसले गर्दा चिनीको मूल्य बढेको हल्ला चलिरहँदा सुपथ मूल्य पसलबाट सर्वसाधारणले लाभ लिन सक्नेछन् ।

चिनी उद्योग संघका उपाध्यक्ष राजकुमार अग्रवालले उद्योगीहरुसँग १ लाख टनभन्दा बढी चिनी गोदाममै थन्किएको जानकारी दिनुभयाे । गत सिजनमा उत्पादिन १ लाख ७८ हजार टनमध्ये १ लाख बढी टन अहिलेसम्म बिक्री गर्न नसकिएको उद्योगीले बताएका छन् । साल्ट ट्रेडिङले पनि प्रतिकेजी ७० रुपैयाँका दरले चिनी बिक्री वितरण गरेको छ ।  यो वर्ष १२ उद्योगले चिनी उत्पादन गरेका थिए । देशमा वार्षिक कुल २ लाख २५ हजार मेट्रिक टन चिनीको खपत हुने गरेको उद्योगी बताउँछन् ।

तपाईको प्रतिक्रिया