Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – विश्व बैंकले कम खर्चमा निर्माण हुने ४७७ भन्दाबढी पुलका लागि रु १३ अर्ब ३० करोडभन्दा बढी ऋण सहयोग उपलब्ध गराउने भएको छ ।

विश्व बैंकको प्रधान कार्यालय वासिङटन डिसीमा बिहीबार भएको बोर्ड बैठकमा नेपाललाई दोस्रो पुल सुधार तथा मर्मतसम्भार परियोजना कार्यान्वयन गर्न उक्त रकम ऋणस्वरुप प्रधान गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

ऋणस्वरुप प्राप्त हुने उक्त रकमबाट ८० वटा दुई लेनका नयाँ पुल र ३५ वटा चार लेनका पुलको मर्मत सम्भारमा खर्च गरिनेछ । उक्त परियोजना सडक विभागले सञ्चालन गर्नेछ ।

तपाईको प्रतिक्रिया