Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – धेरै मानिसमा हातखुट्टा बाउँडिने समस्या आइरहेको हुन्छ । कसैको बसिरहेको वेला त कसैको राति सुतेको वेला हातखुट्टा बाउँडिन्छ । हातखुट्टा बाउँडिने समस्या धेरैजसोमा रहेको पाइन्छ । विशेषगरी, घरमा काम गर्ने महिला, खेलाडी, अफिसमा काम गर्नेहरूमा हातखुट्टा बाउँडिने समस्या आउने गर्छ । यसबारे केही जानकारी :


शरीरमा इलेक्ट्रोलाइज भन्ने एउटा तत्व हुन्छ । त्यो तत्वको ब्यालेन्स नमिल्दा हातखुट्टा बाउँडिने समस्या देखापर्छ । सोडियम, पोटासियम, क्याल्सियम, मिनरल, भिटामिन डीजस्ता तत्वको कमी भयो भने शरीरमा इलेक्ट्रोलाइजको ब्यालेन्स मिल्दैन ।

हातखुट्टा बाउँडिने समस्या हुनेमा सबैभन्दा प्रमुख कारण शरीरमा भिटामिन डीको कमी हुनु हो । भिटामिन डी हाम्रो शरीरमा आवश्यक महत्वपूर्ण तत्व हो । जसका कारण अन्य रोग पनि लाग्न सक्छ ।

घाममा बसेर हामीले भिटामिन डी प्राप्त गर्न सक्छौँ । खानामा पनि भिटामिन डीयुक्त खानेकुरा खानुपर्छ । जसले गर्दा हातखुट्टा बाउँडिने समस्याबाट मुक्त भइन्छ ।

हातखुट्टा बाउँडिने एउटा सिमटम्स मात्र हो । के कारणले हातखुट्टा बाउँडिन्छ भन्ने कुरा रगत र हर्मोनको टेस्ट गरेपछि मात्र थाहा पाउन सकिन्छ । शरीरमा हुने हर्मोनको कमीले पनि हातखुट्टा बाउँडिने हुन्छ ।

अफिसभित्र काम गर्ने, घरमा काम गर्ने महिला, खेलाडीको खेल्ने प्रक्रिया नमिल्दा हातखुट्टा बाउँडिने हुन्छ । हार्ड लेभल काम गर्ने, धेरै पसिना आउनेहरूमा हातखुट्टा बाउँडिने हुन्छ । पसिनाका माध्यमबाट पानी धेरै जाने हुँदा हातखुट्टा बाउँडिने हुन्छ ।

बसाइको प्रक्रिया नमिले पनि हातखुट्टा बाउँडिने समस्या देखा पर्न सक्छ । बसाइ नमिल्दा शरीरको कुनै एक भागमा मात्र दबाब पर्न गयो भने मासु बाउँडिने गर्छ । शरीरमा रक्तसञ्चार राम्ररी नभए पनि मांसपेशी बाउँडिने समस्या निम्तिन्छ । त्यसैले हामीले पानी प्रशस्त पिउनुपर्छ । लामो बाटो हिँड्दा जीवनजल पानी प्रशस्त मात्रामा पिउनुपर्छ ।

तपाईको प्रतिक्रिया