Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – सर्वसाधारणले दसैँका लागि असोज २१ गतेदेखि नयाँ नोट साट्न पाउने भएका छन् । प्रतिव्यक्ति दैनिक २७ हजार रुपैयाँसम्मको नोट साट्न पाउने व्यवस्था गरिएको  हाे । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाका अनुसार ५, १०, २०, ५० र १ सयका नयाँ नोट सटही हुनेछ ।

बैंकहरुलाई भने राष्ट्र बैंकले आगामी बिहीबारदेखि नै नयाँ नोट उपलव्ध गराउने भएको छ । बैंकहरुले ११ गतेदेखि नयाँ नोट पाउँने भए पनि सर्वसाधारणलाई २१ गतेदेखि वितरण गरिने निर्देशक निरौलाले बताउनुभयाे । उहाँका अनुसार सरकारी स्वामित्व भएका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका तोकिएका शाखाहरुबाट नोट सटही हुनेछ ।  साथै ति तीन बैंकका तोकिएका शाखाबाट सर्वसाधारणले नोट लिन सक्नेछन् ।

थापाथलीस्थित राष्ट्र बैंकको कार्यालयबाट पनि बैंकिङ समयमा नोट सटही गरिनेछ । गत वर्ष पनि तिनै बैंकका शाखाहरुमार्फत राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थियो । थापाथलीमा सर्वसाधारणको बढी भीड हुने गरेको छ । यस वर्ष करिब १३ अर्बको नयाँ नोट सटही हुने राष्ट्र बैंकको अनुमान छ । गत वर्ष १२ अर्बको सटही भएको थियो ।

गत वर्ष तीन बैंकहरुका शाखाबाट प्रतिव्यक्ति २० हजारसम्म साट्न पाउने व्यवस्था भएकोमा यो वर्ष २७ हजार पुर्याइएको हो । हाल चलनचल्तीमा रहेका नोटमध्ये संख्यात्मक हिसावमा ५ का नोट सबैभन्दा धेरै छन् । ५ का नोट ४८ करोडको संख्यामा चलनचल्तीमा रहेको निरौलाले जानकारी दिनुभयाे ।

तपाईको प्रतिक्रिया