Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – पछिल्लो समय धेरैजसो मानिस मधुमेहको समस्या भएर अस्पताल पुग्ने गर्छन् । हाम्रो शरीरमा अधिकांश रोग हाम्रै जीवनशैलीका कारण लाग्ने गर्छ । सन्तुलित खानपान, नियमित व्यायाम गरेको खण्डमा मधुमेहबाट बच्न सकिन्छ । मधुमेह रोग लागेकाले आफ्नो खानेकुरामा अत्यन्तै ध्यान दिनुपर्छ । मधुमेह लागेकाले खानामा ध्यान दियो भने यो बिस्तारै कन्ट्रोल हुँदै जान्छ । मधुमेह रोगीले कस्तो खाना खाने भन्नेबारे केही जानकारी :

मधुमेह रोगीहरूले कार्बोहाइड्रेटयुक्त खाना जस्तै : भात, आलु कम मात्रामा खाने गर्नुपर्छ । बोसो वा चिल्लो कम खाने, रातो मासु धेरै नखाने । अन्डा र ताजा माछा ठिक्क मात्रामा खाने ।

पर्याप्त ताजा सागसब्जी, बन्दा, काउली, काँक्रो, भन्टा, साग, गोलभेँडा, मुला, गाँजर, प्याज र ताजा फलफूल खाने । अमिलो अचार खाने ।

खानेमा झोल वा सुप खाने, नुन कम खाने गर्नुपर्छ । चिनी कम भएको चिया वा कफी कम मात्रामा पिउन सकिन्छ ।

धेरै रेसादारयुक्त गहुँ, मकै, कोदो, फापरजस्ता खाना चिनीरोगीले खानु राम्रो हुन्छ । धानबाट तयार हुने भात, चिउरा आदिको सट्टा गहुँ, मकैजस्ता अन्य खानामा कार्बोहाइड्रेटको मात्रा तुलनात्मक रूपमा कम हुने हुँदा त्यसतर्फ ध्यान पुर्‍याउनु उचित हुन्छ ।

दाल, सागसब्जी, फलफूल खानु बढी लाभदायक हुन्छ । भात खानै नहुने त होइन, तर कोदो, मकै आदिबाट निर्मित खानेकुरा ढिँडो, रोटी खाँदा शरीरमा कार्बोहाइड्रेटको मात्रा केही कम भई रगतमा चिनीको मात्रा पनि कम हुन सक्छ ।

तपाईको प्रतिक्रिया