Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं –  शरीरका कोषिकाहरू अनियन्त्रित रूपमा बढ्दै जानु क्यान्सर हो । विश्वमा नै क्यान्सर प्रकोपका रूपमा फैलँदो छ । क्यान्सर शरीरको टाउकोदेखि खुट्टासम्म हरेक ठाउँमा लाग्ने गर्छ । कतिपयलाई क्यान्सर सरुवा रोग हो भन्ने गलत भ्रम छ । क्यान्सर सरुवा रोग होइन । शरीरको एउटा अंगबाट फैलिएर अर्को अंग बिग्रन सक्छ । ९० प्रतिशत क्यान्सर गिर्खाबाट फैलिन्छ । शरीरको घाँटी, काखीमुनि हुने गिर्खाबाट क्यान्सर फैलिन्छ । हाम्रो शरीरमा यस्तो गिर्खाहरू छन् भने तुरुन्तै देखाउनुपर्छ । यस्ता लक्षण भए क्यान्सर हुन सक्छ :

-हत्तपत्त निको नहुने खोकी वा स्वर घोक्रो भएमा क्यान्सर हुन सक्छ । कसैलाई औषधि खाँदा पनि खोकी सञ्चो नभए, आवाज पनि घोक्रो हुँदै जान्छ भने क्यान्सर हुन सक्छ ।
-शरीरमा आउने कोठीको रङ र आकारमा परिवर्तन देखा परेमा वा कोठी बिग्रेमा छालाको क्यान्सर हुन सक्छ ।
स्तिन अथवा शरीरका अन्य भागमा दुखेमा वा दुख्ने वा नदुख्ने गिर्खा आएमा क्यान्सर हुन सक्ने सम्भावना बढी हुन्छ । काखीमुनि हुने गिर्खा वा स्तनमा आउने गिर्खा क्यान्सरको पहिलो स्टेज
हुन सक्छ ।
-उपचार गर्दा निको नहुने पुरानो घाउ भएमा त्यसबाट क्यान्सर हुन सक्छ ।

-लामो समय उपचार गर्दा पनि असाधारण रूपमा शरीरका कुनै पनि भागबाट रक्तश्राव भएमा अथवा पिप आएमा क्यान्सर भएको हुन सक्छ ।
-दिसा वा पिसाबको पानीमा फरक परेमा क्यान्सर हुन सक्छ । कहिले पानीजस्तो दिसा आउने, कहिले कस्सिएर दिसा आउने भएमा क्यान्सर हुन सक्छ । पिसाब छिटोछिटो लाग्दै गयो भने पनि क्यान्सरको लक्षण हुन सक्छ ।
-अपच भएमा अथवा खाना निल्न गाह्रो हुनेजस्ता समस्या देखापरे पनि क्यान्सर हुन सक्छ ।
-विनाकारण शरीरको वजन घटेमा पनि क्यान्सर लागेको हुन सक्छ । यस्तो अवस्थामा चिकित्सककोमा जानुपर्छ ।

तपाईको प्रतिक्रिया