Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – अमेरिकी डलरको भाउ उकालो लाग्ने क्रम फेरि सुरु भएको छ । डलरको भाउ आज एकबराबर १ सय १७ रुपैयाँ ७ पैसा तोकिएको छ । यो भनेको नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको अवस्था हो ।

१० दिनपहिले एकैदिन १ रुपैयाँ १५ पैसाले महँगो भएर १ सय १६ रुपैयाँ २३ पैसाबराबरको नयाँ रेकर्ड कायम गरेको डलरले आज पुनः अर्को रेकर्ड कायम गरेको हो । हिजो मंगलबारभन्दा आज डलर ७५ पैसा महँगो भएको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि १ अमेरिकी डलरबराबर १ सय १७ रुपैयाँ ७ पैसा बिक्रीदर र १ सय १६ रुपैयाँ ४७ पैसा खरिद दर तोकेको छ । सोमबार डलरको बिक्रीदर १ सय १६ रुपैयाँ ३२ पैसा र खरिददर १ सय १५ रुपैयाँ ३२ पैसा पुगेको थियो । पछिल्ला केही दिनदेखि अमेरिकी डलरसँग भारतीय रुपैयाँ (भारु) अवमूल्यन हुने क्रम जारी छ । यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा परेको छ ।

भारु १ सयबराबर नेपाली मुद्रा १ सय ६० रुपैयाँको स्थिर विनिमय दर रहेको छ । यो साढे तीन दशकदेखिको विनिमय दर हो । यस हिसाबले बुधबार १ अमेरिकी डलरबराबर भारु ७३ रुपैयाँ १६ पैसा रहेको छ । डेढ महिनाअघिसम्म प्रतिडलर १ सय १० रुपैयाँ हाराहारी थियो । तर, एक्कासि डलरको भाउ ह्वात्तै बढ्न थालेयता कम आय हुनेदेखि बढी आय हुनेसम्मलाई असार पार्न थालेको छ । त्यसमाथि ठूला चाड दसैं र तिहार नजिकिएका बेला अमेरिकी डलरको भाउ महँगो हुँदा चाडबाड मनाउन पहिलाभन्दा महँगो पर्ने निश्चित छ । जसका कारण प्रत्येक नेपाली परिवारलाई असर पर्न थालिसकेको छ ।

मुलुकको व्यापारघाटा बढेर ११ खर्ब ६१ अर्ब ६४ करोड रुपैयाँबराबर पुगेको छ । नेपालले पेट्रोलियम पदार्थदेखि गाडी, यसका पुर्जा आयातमा ठूलो परिमाणबराबरको रकम खर्च गर्दै आएको छ । अर्थतन्त्रको प्रमुख समस्या नै बढिरहेको व्यापार घाटा हो । नेपालबाट गएको आर्थिक वर्ष ८१ अर्ब १९ करोड रुपैयाँबराबरका वस्तु विभिन्न देशमा निर्यात गरेको तथ्यांक सरकारसँग छ, तर यसको ठिक विपरीत १२ खर्ब ४३ अर्ब रुपैयाँबराबरका वस्तु आयात गरेको थियो ।

उच्च व्यापार घाटा भएका बेला डलर महँगो हुँदा नोक्सानी पनि त्यति नै ठूलो हुने गर्छ । तर, डलर महँगो हुँदा नेपालजस्तो देशका लागि एउटा फाइदा भने छ । त्यो के हो भने जति धेरै डलरको भाउ बढ्दै जान्छ, विदेश बस्ने नेपालीले रेमिट्यान्स पनि त्यति नै धेरै पठाउने गर्छन् । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७४–७५ मा ७ खर्ब ५५ अर्ब रुपैयाँबराबरको रेमिट्यान्स नेपाल भित्रिएको थियो । तैपनि यो रेमिट्यान्स परिमाणभन्दा आयात परिमाण धेरै उच्च भएका कारण डलर महँगिदा पनि अर्थतन्त्रलाई नोक्सान नै भएको थियो ।

तपाईको प्रतिक्रिया