Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – गेडागुडी टुसाउनका लागि पहिला भिजाउनुपर्छ । यसका लागि करिब २४ घन्टा पानीमा गेडागुडी राख्नुपर्छ । १२–१२ घन्टामा पखालेर पानी परिवर्तन गर्नुपर्छ र एक ठाउँमा राख्नुपर्छ । करिब एक हप्तामा टुसाएको गेडागुडी प्रयोग गर्न सकिन्छ ।

हतार भएमा एक मिनेटजति पानीमा उमालेर मनतातो पानीमा राखी दुई–तीन घन्टामै भिजाउन पनि सकिन्छ । चना, केराउ, मेथीलगायतलाई टुसाएर प्रयोग गर्न सकिन्छ । यसरी टुसाएको गेडागुडी काँचै, भुटेर, तरकारीमा मिसाएर पनि प्रयोग गर्न सकिन्छ । यसमा नुन, खोर्सानी, टमाटर, कागतीलगायत राखी साँधेर पनि प्रयोग गर्न सकिन्छ । यसका फाइदाहरू निम्नप्रकार छन् :

-गेडागुडीमा मासुमा भन्दा पनि बढी प्रोटिन हुन्छ । तर, यसमा भएका सबै प्रोटिन शरीरले सोस्न सक्दैन । तर, टुसाएर गेडागुडी प्रयोग गर्दा शरीरले यसमा भएका सबै प्रोटिनलाई सोस्न सक्छ ।

-गेडागुडी टुसाउँदा यसमा प्रोटिन र फाइबरको मात्रा पनि बढेर जान्छ । त्यति मात्र नभएर मिनरल, भिटामिन पनि बढेर जान्छ ।

-नियमित नभिजाएको गेडागुडी प्रयोग गर्दा एन्टिन्युट्रिसन फ्याक्टरजस्तो कि आइरन जिंक, म्याग्नेसियम, क्याल्सियमलगायतका तत्वलाई यसले सोस्न दिँदैन जसले गर्दा विभिन्न समस्या देखिन सक्छ । यदि भिजाएर वा टुसा उमार्दा त्यसरी शरीरलाई सोस्न नदिने तत्व पानीमा घुलेर जान्छ ।

तपाईको प्रतिक्रिया