Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – क्यानाडाको अलवर्टामा कामदारहरु लग्ने भनी एक क्यानेडेली इमिग्रेशन कन्सल्टेन्ट व्राड्ली ज्याकब्सनले १११ नेपाली कामदारहरुलाई प्रतिव्यक्ति क्यानेडियन डलर १,३०० का दरले ठगेको क्यानेडिएन प्रेसले जनाएको छ ।

यही आषाढ ५ गते उक्त इमिग्रेशन कन्सल्टेन्टलाई क्यानडामा पक्राउ गरिएपश्चात नेपाल लगायत क्यानाडाका नेपालीहरुमाझ यस प्रकारको ठगीको घट्नाले सन्सनी छाएको छ ।

एजेन्सीका अनुसार ठगी गर्ने व्यक्तिहरुमा व्राड्ली ज्याकव्सन र केन्डेल स्मिथ रहेका छन् । उनीहरुलाई प्रहरीले पक्राउ गरी ठगी लगायतका २३ वटा मुद्दामा कारवाही प्रारम्भ गरेको छ ।

क्यानाडामा बसोवास गर्ने नेपाली यदु पाण्डेले क्यानेडियन प्रेसलाई दिएको जानकारीअनुसार उनी लगायतका व्यक्तिहरुलाई प्रयोग गरी ती क्यानेडियनहरु मिली १११ नेपालीलाई ठगेको जनाएका छन्। उनी भन्छन्, “नेपालीहरुले घर खेत वेचेर कामको लागि भनी क्यानाडामा पठाएको पैसा ठगी गरियो । १११ जनाको गरी क्यानेडियन डलर एक लाख ४९ हजार जति ठगी भएको बताईएको छ ।

यसैविच क्यानाडाका नेपाली इमिग्रेशन कन्सल्टेन्ट मिलन कार्कीकाअनुसार यस प्रकारको ठगी हुन सक्ने बारेमा आफ़ुलाई पहिले नै थाहा भएको र काठमाडौस्थित आफ़्नो कार्यालयमा सल्लाह माग्न आएका व्यक्तिहरुलाई भ्रममा नपर्न पहिले नै सूचित गरेको बताएका छन् ।

कार्की भन्छन्, “नेपालमा बसेका नेपालीको कुरा त के भन्ने क्यानाडा मै बसेका नेपाली साथीहरुले समेत यस बारेमा पहिले नै राम्रो अनुसन्धान गरेनन् जसको शिकार १११ नेपाली हुनुपरेको छ।”   क्यानाडास्थित नेपाली दूतावासले तुरुन्त यस बारेमा कदम चाल्नुपर्ने र ठगिएका नेपालीहरुको पैसा फिर्ता गराउन पहल गर्नुपर्नेका मिलन कार्कीले जोड दिएका छन् । त्यसैगरी क्यानाडाको इमिगेशन मन्त्रीले समेत यस प्रकारको ठगी कार्य रोक्नको लागि सरकारको तर्फ़बाट पहल भइरहेको र दोषीहरुलाई कारवाही गरिने बताएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया